Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

लामो समय देखिको लकडाउनका कारण आफुहरुको लगानी डुबेको भन्दै गुनासो गरेका सार्वजनिक यातायात ब्यवसायीलाई पनि राहत मिल्ने भएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेपछि उनीहरुले पनि राहत पाउने भएका छन् ।ठूलो लगानी थन्क्याएर बस्नुपर्दा बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक यातायात ब्यवसायीले बताएका छन् । उनीहरुको यस्तो गुनासो पछि यातायात व्यवस्था विभागले नयाँ निर्देशिका बनाएर अब सञ्चालनको तयारी गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुरसँग निर्देशिकाबारे छलफल गरेर छिटै टुङ्गो लगाउने विभागका महानिर्देशक गोगन हमालले जानकारी दिएका छन् ।तर कोरोना भाइरस सङ्क्रमितको संख्या दिनदिनै बढिरहेका बेला चालक र सहचालकको स्वास्थ्य सुरक्षा कसरी गर्ने भन्ने विषयमा भने छलफल जारी छ ।

यो पनि कोरियामा बस्ने नेपालीले पनि सरकारी राहत पाउने

एजेन्सी- कोरियामा बस्ने नेपालीले पनि त्यहाँको सरकारले स्थानीय नागरिकलाई दिने राहत पाउने भएका छन् कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले कोरियाको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो ।

कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरकारले एक लाख कोरियाली वन राहतस्वरुप दिँदै आएको थियो । अबदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशाज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो । निर्णयानुसार एफ छ र एफ ट प्रवेशाज्ञा भएका नेपालीले पनि अब उक्त राहत पाउने छन् ।

यसअघि कर विदेशीसँग पनि लिने तर राहत बाँड्ने बेलामा भेदभाव गरेको भनी प्रान्त सरकारले बाँड्ने राहत विदेशलाई पनि दिनुपर्छ भन्दै हस्तारक्षर संकलन गरिएको थियो । तीन हप्तामा १४ हजार हस्ताक्षर प्रान्तीय सरकारको सरकारी वेबसाइट जम्मा भएको थियो । तथ्यांकानुसार ख्याङ्गिदो प्रान्तमा ६० हजारभन्दा बढी स्थायी तथा ४८ हजारभन्दा बढी वैवाहिक प्रवेशाज्ञामा बसेका विदेशी नागरिक छन् ।