Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

नासाको मार्स रोभर क्युरियोसिटीले मंगल ग्रहको नयाँ तस्वीर जारी गरेको छ । जसमा एयिलन देखिएको दाबी गरिएको छ । स्पुतनिक न्युजका अनुसार नासाद्वारा हालै प्रकाशित मंगल ग्रहको तस्वीरको सहायताबाट एक स्वघोषित युएफओ विशेषज्ञ, स्कट सी वारिंगले एक आश्चर्यलाग्दो खोज गरेका छन् । वारिंगले यो तस्वीरमा एक पहाडमा एलियनजस्तो आकृति देखिएको उनले बताएका छन् ।

उनले आफ्नो ब्लग इटी डाटाबेसमा १९ जुनमा लेखेका छन्, ‘मलाई आज नासाको रोभरको नयाँ तस्वीरमा मंगल ग्रहको एक पहाडमा यो आकृति देखिएको छ । यो आकृति पुरुष या महिला जे पनि हुन सक्छ । किनकि पृथ्वीमा अक्सर प्राचीन योद्दाको कवच ठूलो हुन्छ, जसमा यसलाई आफ्ना दुश्मनमा भय पैदा होस् भन्नका लागि ठूलो देखाइएको हुन्छ ।’

उनले लेखेका छन्, ‘लामा टोपी कवचको भागजस्तो लाग्छ र यसमा व्यक्तिको टाउकोको ३० प्रतिशत भाग भर्न सकिन्छ ।’ उनले यो देखेर आफूलाई दक्षिण डकोटाको माउन्ट रशमोरको याद आएको समेत उल्लेख गरेका छन् ।

उनले आफ्नो ब्लगमा भनको छन्, ‘केही एलियन्स मानिसको तुलनामा अग्लो र लामो कपाल भएका हुन्छन् । यो एक पहाडी किनारामा छ र मलाई माउन्ट रशमोर नजिकै रहँदाको याद आएको छ, त्यहाँ पहाडमा राष्ट्रपतिको कुदिँएको आकृति देखिन्थ्यो । बुद्धिमान प्रजातिका लागि यस्तो काम गर्नु कठिन हो, किनकि आफ्नो संस्कृतिका केही मानिसप्रति गर्व हुन्छन् । यसरी पत्थरमा कुँदिदा उनीहरु सधैंका लागि अमर बनाउँछ ।’

स्पुतनिकले आफ्नो युट्युब च्यानलमा पनि वारिंगको खोजको बारेमा उल्लेख गरेको छ । भिडियोमा नासाको मुख्य तस्वीर र पहाडको एक भागमा रंगाएको देखाएर दुई तस्वीरबीच अन्तर देखाउने कोशिस गरिएको छ । यो रंगाइएको भागलाई भागलाई एलियनको आकृति जसरी देखाइएको छ । ताइवानमा बस्ने यूएफओ हन्टर वारिंग एलियन्सको खोजमा नासाका तस्वीर र गुगल म्यामलाई विश्लेषण गर्ने गर्छ ।