एजेन्सि बुधबार, आषाढ १०, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै कोरोना भाइरस म’हा’मा’रीमा आफ्नो सरकारको कामको सूची साझा गरेका छन् । उनका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘ऊहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द चाइनिज फ्लू’ जस्तो नाम दिइरहेका छन् ।

ट्रम्पले भने, ‘हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं… हामीले अमेरिकी सेनालाई शक्ति दिएका छौं ।’डोनल्ड ट्रम्पले मानिसहरुलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको पनि जानकारी दिए र उनको सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको बताए ।कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेत पनि भेटिएको छ ।

यो विषयमा ट्रम्पले भने, ‘हामीले अमेरिकी अर्थव्यवस्थालाई यो समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेका छौं । तपाईंहरु जस्तो अमेरिकी विद्यार्थीका लागि रोजगार सुरक्षित गर्ने उद्देश्यले हामीले ऐतिहासिक निर्णय लिएका छौं जसमार्फत् जागिर विदेशीको हातमा जानबाट रोकिनेछ । हामीले यो युद्ध अमेरिकी तरिकाले जित्नु पर्नेछ ।’अमेरिकाले धेरैभन्दा धेरै रोजगार उत्पन्न गर्नुपर्ने पनि उनले बताए ।अमेरिकामा कोरोनाभाइरसद्वारा सं’क्र’मि’त हुनेको संख्या २३ लाख नाघेको छ र मृ’तकको संख्या १ लाख पार गरेको छ ।स्रोतः बीबीसी