Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

काठमाडौँ | प्रख्यात बाबा रामदेवको कम्पनी पतन्जलीले कोरोनाको औषधि बनाएको दा’वी गर्दै मंगलबार औषधि सार्वजनिक गरेको छ । पतंजलीले औषधि सार्वजनिक गर्ने क्रममा उक्त औषधि कोरोना सं’क्र’मि’तहरुमा समेत परीक्षण गरिएको दावी गरिएको छ । उक्त विषयलाई लिएर भारतभर यसैको चर्चा चुलिएको छ ।

भारतमा रामदेवले मंगलबार सार्वजनिक गरेको औषधिले कोरोनाको सतप्रतिशत उपचार गरेको दावीको विषयलाई लिएर समाचार बनाइदा यसको जवाफ पतंजलीले दिनुपर्ने भएको छ । पतंजलीलाई मोदी सरकारले परीक्षण गरिएको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

जडीबुटीबाट बनाइएको दा’वी गरिएको औषधिको नाम कोरोनिल राखिएको छ । सोमबार हरिद्वारमा एक कार्यक्रम गरी रामदवले यो औषधि सार्वजनिक गरेका हुन् । यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना सं’क्र’म’ण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको रामदेवको दा’बी छ । सोहि दा’वीलाई लिएर सम्बन्धित मन्त्रालयले परीक्षणको विवरण बुझाउन निर्देशन दिएको छ ।

दा’वी अनुसार औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको थियो । दावी अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो । यस चरणमा ३ दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दा’बी छ । औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दा’बी रामदेवको छ । मुलेठी, अश्वगन्धा, तुलसीलगायत जडीबुटी मिश्रण गरी यो औषधि बनाएको रामदेवको भनाइ छ ।