काठमाडौं–विवाहसम्बन्धी वेबसाइट शादी डट कममा अब केटीले आफ्नो छालाको रङ्ग उल्लेख नगनुपर्ने भएको छ।छालाको रङ्ग जनाउने सुविधाको विरोध भएपछि बेवसाइटले उक्त सुविधा हटाएको हो।सो सुविधा हटाउन डालस अमेरिकाबाट हेटल लखानीले अनलाइन विरोध अभियान सुरु गरेकी थिइन् ।
उक्त वेबसाइट प्रयोगकर्ताले उनीहरूको आफ्नो छालाको रङ्ग कस्तो छ भनेर जानकारी हाल्नुपर्ने प्रावधान थियो।अमेरिकामा भइरहेको जातिवादी विरोध प्रदर्शनहरूको सन्दर्भमा एक अर्की प्रयोगकर्तासँग छलफल गरेर हेटलले अभियान सुरु गरेको बिबिससीले उल्लेख गरेको छ।दक्षिण एशियाली समुदायमा बिहे गर्दा महिलाहरूको सन्दर्भमा ‘उनी कति गोरी र सुन्दरी’ भन्ने टिप्पणी गर्ने गर्छन्।
प्रिया (नाम परिवर्तन)ले अरू साइटबाट छालाको रङ्गकै कारण अस्वीकृत भएपछि शादी डट कमबाट आफ्ना श्रीमान फेला पारेकी हुन्।‘मेरो छालाको रङ्ग कालो छ त्यसैले शादी डट कममा छालाको रङ्ग सम्बन्धी जवाफ धेरै सोचेर ‘गहुँगोरोु भनेकी थिएँ,’ उनले बिबिसीसँग भनेकी छिन्, ‘‘मैले मेरो रङ्ग परिवर्तन गर्न सक्दिन त्यसैले रङ्ग सम्बन्धी तर्कले मलाई पीडा दिन्छ।’
कसरी हट्यो ?
मेघन नागपालले उक्त वेबसाइट प्रयोग गरेर भारतीय मूलको जीवनसाथी खोज्न चाहन्थिन्।तर त्यसमा रहेको छालाको रङ्ग सम्बन्धी प्रावधानबारे उनले एउटा फेसबुक समूहमा कुरा राखिन् जहाँ हेटल पनि सदस्य छिन्।हेटलले त्यो त अति भयो भनेर विरोध शुरू गरेको बताइन्।१४ घण्टामै १,५०० जनाले हस्ताक्षर गरे। मेगन र हेटल भन्छन् –‘त्यसपछि शादी डट कमले उनीहरूलाई ट्विटरमा त्यसबारे प्रतिक्रिया दियो र त्यसै रात प्रावधान हटायो।’