Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

एजेन्सी । भारतीय टेलिभिजन च्यानल आजतकले एउटा भिडियो सार्वजनिक गरेको छ । जसमा भारत र चीनका सेनाबीच झ’डप भएको छ । समाचारमा कुन ठाउँको र कहिलेको भिडियो हो भन्ने खुलाईएको छैन । तर सेनाले मुखमा माक्स लगाएका कारण कोरोनाको प्रभाव पछि कै भिडियो हो भनेर अनुमान लगाउन सकिने समाचारमा उल्लेख गरिएको छ ।

भारत र चीनको सिमानामा केही महिना यता झ’डप जारी छ । केही दिन अघि लद्दाकमा भएको झ’डपमा भारतीय सेनाका कर्णेल सहित २० सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । सो घटना पछि चीन र भारतका सुरक्षाअधिकारीहरुको बारम्बार वैठक पनि जारी छ । तर दुवै तर्फका सेनाबीच झ’डप भने भइरहेका छन् ।

आजतकको समाचारमा भनिएको छ भारत र चीको सिमानामा दुवै देशका सेना विवाद गरिहेका छन् । यो भिडियो कहाँ को हो र कहिले खिचिएको हो भन्ने खुलेको छैन । तर दुवै तर्फका सेनाले माक्स लगाएको देखिएको छ । जसका कारण अनुमान लगाउन सकिन्छ की यो हालसालैको भिडियो हो । यो भिडियो सिक्किम आसपासको हो भनेर अनुमान लगाउन सकिन्छ । भारतीय सुरक्षा अधिकारीवाट कुनै जानकारी वा पुष्टि नआएको भएपनि सो भिडियो उत्तर सिक्किमको नाकुला इलाकाको हुनसक्ने समाचारमा दावी गरिएको छ ।

यो मे महिनाको पहिलो वा दोस्रो साता हुनुपर्ने अनुमान आजतकका संवाददाताले लगाएका छन् । सिक्किममा मे ९ तारिखमा निकै हिउँ परेको र भिडियोमा पनि वाक्लो हिउँ देखिएको हुनाले सोही समयको हुनसक्ने अनुमान लगाइएको छ । साढे ५ मिनेटको भिडियोमा दुवै पक्ष झ’डपमा उत्रिएको देखिन्छ ।

भारतको प्राय सबै छिमेकी मुलुकसंग सिमानाको विषयलाई विवाद छ । चीनसंगको सिमा विवादका कारण लामो समय देखि लद्दाक र सिक्किममा दुवै तर्फका सेनाबीच झ’डप जारी छ भने पाकिस्तानसंगको सिमा विवाद लामो समय देखि जारी छ । त्यस्तै भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत हरेक सिमानामा आफ्नो बर्चस्व फैलाउँदै आएको छ । नेपालको भूमीमा हालै सडक समेत निर्माण गरेको छ । भारतले चीनको सिमाना लद्दाकमा पनि भौतिक पुर्वाधार निर्माण गरेका कारण सो क्षेत्रमा विवाद बढेको हो ।
भिडियाे