Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

काठमाडौं । नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या २ हजार २२४ पुगेको छ ।

हालसम्म १ लाख ८६ हजार ३६६ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ९९५ जनाको पिसिआर परीक्षण गरिएको छ । उनले आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ७८५१ रहेको जानकारी दिनुभयाे । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।