Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

काठमाडौं । वर्तमान सरकारको पालामा कतिसम्म भ्रष्टा’चार भएको रहेछ भन्ने कुरा सत्तारुढ नेकपाकै एक प्रदेश सांसदको भनाइले पुष्टि गरेको छ । गण्डकी प्रदेश सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे जो आफैं विवादित पृष्ठभूमिका व्यक्ति हुन् । विगतमा गुण्डागर्दीमा संलग्न मनाङले देशमा भइरहेको भ्रष्टाचार देखेर आफू ल’ज्जित भएको प्रतिक्रिया दिँदै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिबाट राजीनामा दिएका छन्।

मनाङेले जतासुकै भ्रष्टा’चार नै भ्रष्टा’चार भएको, पटक पटक रोक्न आग्रह गर्दा पनि कतै सुनुवाइ नभएको, सरकारमा जिम्मेवार नेताहरू नै भ्र’ष्टाचारमा लागेको प्रतिक्रिया दिएपछि प्रधानमन्त्री केपी ओली संकटमा परेका छन् । मनाङेले गण्डकी प्रदेशको विकृति र वेथितिबारे भने पनि समग्रमा देश यसरी नै चलिरहेको छ।

स्वास्थ्य सामग्री खरिदमा भ्र’ष्टाचार भएको भन्दै संसद्को र्सावजनकि लेखा समितिले छानबिन गर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि खरिदसम्बन्धी कागजात मगाइसकेको छ । तर, प्रधानमन्त्री केपी ओलीले भने अहिलेसम्म भ्रष्टातार भएको देखेका छैनन्।

उनले आफ्नो सरकारको पालामा भ्र’ष्टाचार हुनै नसक्ने भन्दै दाबी गर्दै आएका छन् । नेकपाकै सांसद मनाङेले देशमा जताततै भ्रष्टा’चार नै भ्र’ष्टाचार भएको देख्ने, तर प्रधानमन्त्री ओलीले कतै पनि भ्र’ष्टाचार भएको किन देख्न सकेनन् ? भन्ने प्रश्न आमसर्वसाधारणले उठाउन थालेका छन्।