Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

काठमाडौ । पछिल्लो समय युट्युबमा भाइरल भएकी बालगायिका कमला घिमिरेको पहिलो तीज गित सार्वजनिक भएको छ । बालगायिका कमला घिमिरे र खेम सेन्चुरीको सुमधुर स्वरमा”लरिलरि लै रुन्छु बरिलै” बोलको लोकदोहोरी गीत आज सार्वजनिक भएको हो ।

धादिङकी ११ वर्षिय कमला घिमिरे पछिल्लो समय युट्युबमा निकै भाइरल भएकी छिन् । यस गीतमा नेत्र भण्डारीको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतमा नन्द भाउजुको घटनालाई समेटिएको छ । नक्कली भाउजु र नानीको सबाल जबाफ गरेका छन् ।

म्युजिक भिडियोमा सरस्वती फुयालले छुची भाउजुको अभिनय गरेकी छन भने दाईले बहिनीलाई माया गरेको दर्साईएको छ । यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने सुरेश श्रेष्ठले खिचेका छन् ।

भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका छन् । शुभारम्भ डिजिटलको प्रस्तुति रहेको तिज गित शुभारम्भ डिजिटलकोअफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो

सबैको जानकारीको सेयर गर्नुहोस !!