Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ । सुन तोलामा ४ सय रुपैयाले घटेको हो । सोमबार तोलामा ४ सयले बढेर नयाँ रेकर्ड कायम भएको मूल्य पुनः आइतबारको भाउमा ओर्लिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार मात्रै तोलाको ९१ हजारमा किनबेच भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।

मंगलबार तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।