Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

काठमाडौं । ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । आइतबार ठमेल पर्यटक विकास समितिको रोहवरमा घरधनीसहित ११ व्यावसायिक संस्थाबीच भएको छलफलमा घरधनीहरू १ वर्षसम्म ५० प्रतिशत छुट दिन सहमत भएका हुन् ।

ठमेलको अधिकांस व्यवसाय पर्यटकमा मात्र निर्भर भएकाले सो क्षेत्रमा पर्यटक भित्रिन नथालेसम्म भाडा तिर्न नसक्ने अवस्था आएको व्यवसायीले बताउँदै आएका थिए । ठमेल क्षेत्रमा मात्रै पर्यटन क्षेत्रसँग सम्बन्धित ५ हजार व्यवसाय रहेको अनुमान छ