Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

कपाललाई राम्रोसँग विकास गर्न पोषणयुक्त खानाको पनि उत्तिकै आवश्यकता पर्छ । जसले कपाललाई सुन्दर चम्किलो बाक्ला र मुलायम बनाउन मद्दत गर्छ । त्यसकारण आज हामी तपाईहरुलाई कपाल सुन्दर बनाउन के गर्नुपर्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

खानामा हरियो सागपात र साग सब्जीको प्रयोग गर्नुपर्छ । दिनमा कम्तिमा पनि १० /१२ गिलास पानी पिउनुको साथै लेमन टी, फलफुलको जुस, सागसब्जी जस्ता तरल पदार्थ जतिसक्दो धेरै सेवन गर्नुपर्छ । कपाल लामो होस भन्न चाहनुहुन्छ भने अधिक मात्रामा प्रोटिन युक्त खानाको सेवन गर्नुपर्छ । भिटामिन बि युक्त खाना जस्तै दाल, आँप, मेवा आदि खानुपर्छ । माछामासु सेवन गर्नेले भोजनमा प्रोटीन युक्त खाना मासु, माछा, दूध, पनीर, अण्डा, दही, सोयाबीन आदि खान सकिन्छ ।

भिटामिन ए युक्त खाना हरियो साग सब्जीको साथै माछाको तेल प्रयोग गर्नुपर्छ । कपाल लामो हुनको लागि भिटामिन ए अत्यावश्यक हुने भएकाले यसले विभिन्न किसिमका समस्याहरुलाई बचाउ गर्छ । भिटामिन बी ६, बी १२, बायोटिन युक्त चामल, बन्दा, च्याउ, जौ, सुर्यमुखीको बीउ, ओखर, सोया, मटर, दाल, पकाएको अण्डाको पहेलो भागमा भिटामिन बि पाइन्छ ।

भिटामिन सि युक्त ताजा कालो मरिच, खरबुजा, आलु, टमाटर, हरियो पात भएका अन्य सब्जीहरु सेवन गर्न सकिन्छ । फोलिक एसिड फलाम, आयोडिन युक्त खाद्य पदार्थ चामल, जौँ, राज्मा, प्याज, स्टोबेरी बन्दा काक्रा काउली, अधिक मात्रामा प्रयोग गर्न सकिन्छ । मैदा युक्त खाना धेरै धेरै खानु हुँदैन् । यसले कपाल नराम्रो हुनुको साथै कपालको विकासलाई समेत रोक्छ ।

चिनी युक्त खाना क्रीम, दूध, मिठाईहरू, कफी, चिया, कोला, चकलेट, जस्ता चिज खानाले शरीरको शक्ति घटाउछ र कपालको विकासमा नकारात्मक असर पर्छ । लामो कपालको लागि मांसाहारी खाना माछाबाट बनेका खाना खानु पर्छ । यसले कपालमा चमक ल्याउनको साथै लामो बनाउँछ ।