Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं- कपाल झर्ने समस्या एकदमै सामान्य हो । यो धेरैजसो व्यक्तिहरुको साझा समस्या हो । हर्मोनल गढबडि, तनाव, जिन, र खानपानका कारण कपाल झर्ने समस्या आउँन सक्छ ।

कपाल झर्ने समस्याको मुख्य कारण हर्मोनल गढबडि हो । एंड्रोजेन भन्ने मेल हर्मेनले कपाल झर्ने समस्या निम्त्याउँछ । कुनै हर्मोनको संवेदनशिलता उच्च भएपछि कपालको जरा सानो पातलो अथवा सुकेर हराएर जान सक्छ । यस्ता समस्याहरु धेरै अगाडिबाट सुरु हुन्छ । यसलाई चिकित्सककिय भाषामा एलोपेसिया एरिएटा भनिन्छ ।

यो समस्या धेरैजसो युवाहरुमा देखिन्छ । कपाल झर्ने समस्या परिवारको सदस्य बाबा, आमा र मामाहरुमा भए जिन अनुसार उनिहरुको सन्तानमा पनि यो समस्या देखापर्न सक्छ ।

एलोपेसिया एरिएटामा बिशेषगरी टाउको र शरिरको अन्य भागमा सानो गोलो रिङ, खोइरो लागेको जस्तै समस्या देखिन्छ ।

कहिलेकाहि कपाल चलाउँदा र कपाल कोर्दा अत्याधिक झर्ने गर्छ । यो समस्या अव्यवस्थित डाइटिङ प्रणालिले पनि हुन सक्छ । शरिरलाई आवश्यक पर्ने प्रोटिन खानाबाट परिपुर्ती गर्न सकेन भने कपाल झर्ने गर्दछ ।

कुनै समस्याले शल्यक्रिया गरिएको छ भने पनि कपाल भmर्ने समस्या आउँछ । नुहाउँदा तातोपानी, नयाँ सेम्पु र कन्डिसनलको प्रयोगले पनि यो समस्या आउँने गर्दछ । कपालमा कन्डिसनल प्रयोग गर्दा १ सेमि छोडेर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

महिलाको सौन्दर्य झल्काउन कपालले महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ । कपाल झरेपछि मानिसलाई बुढ्यौलि जस्तो देखीन्छ । कपाल नभएका कारण मानिसहरु डिप्रेश भएर आत्महत्याको बाटो समेत रोज्ने गरेको पाइन्छ ।

सौन्दर्यले व्यक्तिलाई आफुप्रति आत्मविश्वास बढाउँछ । त्यसैले सौन्दर्य सबैको लागी उत्तिकै आवश्यक हुन्छ ।

कपाल झर्ने समस्या महिला र पुरुष दुवैमा पाइन्छ । तर धेरैजसो पुरुषमा कपाल झर्ने समस्या हुन्छ । महिलाहरु कस्मेटिक सामान प्रति चासो दिन्छन् जानकार हुन्छन् । उनिहरु सानो समस्या हुदाँ विभिन्न सामाग्रीको प्रयोग गरि समाधान खोजिसकेका हुन्छन् ।

कपाल झर्ने समस्याबाट राहत पाउनका लागी कपालको जरा सुक्न दिनुहुदैँन । यसका लागी बिशेष सावधानी अपनाउनुपर्छ । यो समस्या भएको पहिलो चरणमै औषधी गरेर निको पार्न सकिन्छ । कतिपय मानिसले सुरुवाति चरणमा उपचार गर्दैनन् जसमा कारण औषधिले काम गर्दैन अन्त्यमा कपाल प्रत्यारोपण नै गनुपर्ने अवस्था सिर्जना हुनसक्छ ।