Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं- रेजर वाक्सिङ अथवा रौं निकाल्ने क्रिमले पटक–पटक रौं निकाल्दा हैरान हुन भएको छ भने अब ढुक्क हुनु होस् ।

स्थायी रुपमै रौं हटाउने ‘लेजर हेयर रिमोभल नामको प्रविधि’ अब नेपालमा भित्रिसकेको छ। यो प्रविधिले स्थायी रुपमा नै रौं निकाल्ने भएकोले विश्वमै रुचाइएको छ।

रौं निकाल्नको लागि विभिन्न प्रकारको लेजरमा पनि अहिले विश्वस्तरको विश्वासनीय ‘डिओड ट्रिपल वोइभलेन्थ लेजर’ समेत नेपालमा उपलब्ध भएको छ।

यसले सबै प्रकारको छाला (कालो, गोरो, गहुँगोरो) मा भएको रौं उत्तिकै प्रभावकारी तरिकाले पूर्ण सुरक्षित रुपमा निकालिन्छ ।

शरीरको विभिन्न भागमा रौं र छालाको किसिम पनि फरकरफरक हुनाले त्यहीअनुसार लेजरको पारामिटर सेट गर्नुपने हुन्छ ।

यी सबै जानकारी र तालिम प्राप्त चिकित्सकसँग लेजर गराएमा परीणाममा अझ प्रभावकारी मानिन्छ ।

‘लेजर हेयर रिमुभल ट्रिटमेन्ट’ कम ऊर्जा (light energy) को प्रयोग गरी रौं पलाउने जरालाई सधैंका लागि निष्क्रिय बनाइन्छ।

एकपटक ‘लेजर ट्रिटमेन्ट’ गरेर सबै जरा निष्क्रिय नहुने भएकाले रौं र छालाको किसिमअनुसार (Multiple treatment sesions) २–६ चरणसम्मको उपचार आवश्यक पर्छ।

यसरी निष्क्रिय भएका जराबाट पुनः रौं पलाउने सम्भावना अत्यन्तै न्यून भएर जान्छ। लेजरले काम गर्ने मुख्य Principle selective photothermolysis भएको हुनाले यस प्रविधिले आफ्नो निसानाबाहेक वरिपरिको संरचनालाई कुनै असर गर्दैन। तसर्थः लेजर उपचारले अन्य नकारात्मक प्रभाव समेत पर्दैन।

(छाला तथा सौन्दर्य विशेषज्ञ डा.उमा क्याल मेडिसेटि अस्पतालमा कार्यरत छिन् )