Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं- चीनको उहानबाट डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिले विश्वभर फैलिएको छ। कोरोना भाइरसको संक्रमणका कारण संसारभर हालसम्म ७८ हजार भन्दा बढीको ज्यान गइसकेको छ। यो भाइरसबाट १३ लाख ८० हजार भन्दा बढी संक्रमित भइसकेका छन्।

यो भाइरसको शसरुवात कसरी , कुन माध्यमबाट मानवनातीमा सर्यो भन्ने कुरा अहिले सम्म प्रष्ट भइसकेको छैन् । यो भाइरस बिरुद्धको खोप अहिले सम्म पत्तालागि सकेको छैन् । वित्रहरु भन्छन् व्यक्तिगत सर्तकताबाट मात्र यो भाइरसलाई नियन्त्रण वा बच्न सकिन्छ भनेर । विश्वभर कोरोना भाइरसले आतंकित बनाएरहेका समयमा हरेर देशले यो संक्रमणबाट बच्नका लागि विभिन्न खाले सावधानी अपनाइरहेका छन् । साथै हामीले कोरोना भाइरसलाई भान्सासम्म पुग्नबाट रोक्नका लागि यी उपायहरु उपनायन जरुरी हुन्छ ।

– हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने, उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने, त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने, अनि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने, हात राम्रोसंग धुने ।

– दाल, चामल लगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने, त्यसलाई नष्ट गर्ने, ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने ।

– तरकारी तथा फलफुल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफुले साबुनपानीले हात धुने, तराकारी तथा फलफुललाई २० मिनेटदेखि आधा घण्टा सम्म घाममा राख्ने, त्यसपछि बांटामा राख्ने, बाँटामा मनतातो पानी राख्ने , त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने, तरकारी, फलफुल सफा गर्ने ख्बननथ धबकज भए झन् राम्रो, आधा घण्टापछि धारोको पानीमा ( Running Water ) मिचिमिची सफा गर्ने ।

अनि सुक्खा राख्ने, यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ , खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन, यो बाहेक क्लोरिन पानी र पियुषको केहि थोपा राखेर सफा गर्न पनि सकिन्छ ।

-प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ, केहि विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसंग सफा गरेब्लीच मिसाउनु पर्दैन भनेका छन् भने केहि विज्ञले चिसोपानिले राम्रोसंग धोए पनि हुने बताएका छन्, यो आफ्नो आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ ।

– आलु, स्याउ, गाजर लगायत कडा सतह भएका फलफुल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ, अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।

– फलफुल तथा तरकारीलाई काट्नु अघिं राम्रोसंग धुनु जरुरी छ ।

– सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ, त्यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ ।

– खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ, रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन ।

– तरकारी, फलफुल तथा अन्य खानेकुरा सफा गर्दा यसलाई ठूलो रुपमा गम्भीर हुनु जरुरी छैन , माथि उल्लेख गरेका उपायमध्ये आफुसंग उपलब्ध बिधि अपनाउने हो, सबैभन्दा उपयुक्त बिधि भनेको पटक पटक हात धुने हो, सरसफाईमा ध्यान दिने हो ।