Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं । विश्वव्यापी रूपमा महामारीको रूपमा देखा परेको कोरोना भाइरसको उपचार गर्न अनगिन्ती प्रयासहरू भइरहेका छन् । यसै बीचमा, बाबा रामदेवको संस्था पतंजलिले भोलि कोरोनाको पहिलो आयुर्वेदिक औषधि कोरोनिल सार्वजनिक गर्ने भएको छ ।

भोलि मंगलबार दिउँसो १ बजे हरिद्वारको पतंजलि योगपीठमा आचार्य बालकृष्णले कोरोनाको आयुर्वेदिक औषधि कोरोनिल प्रक्षेपण गर्ने कार्यक्रम तय भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ। उक्त कार्यक्रममा बाबा रामदेव पनि उपस्थित हुने तय भएको समाचारमा उल्लेख गरिएको छ।

पतञ्जलि आयुर्वेदिक औषधिहरूको तर्फबाट, भोलि मंगलवार कोभिड–१९ को संक्रमण भएका बिरामीहरूमा गरिएको परीक्षणको नतिजा सार्वजनिक गरिनेछ ।

पतञ्जलि योगपीठले सबै खुशी हुने गरी सफलता पाएको जनाएको छ । योगपीठले स्वामी रामदेव र आचार्य बालकृष्णले कोभिड १९ को उपचारमा ठूलो सफलता पाएको कुरा वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू र परीक्षणमा संलग्न डाक्टरहरूको टोलीसँगै सार्वजनिक गर्ने जनाएको छ ।

यो अनुसन्धान पतञ्जलि अनुसन्धान संस्थान (पीआरआई), हरिद्वार र राष्ट्रिय चिकित्सा विज्ञान संस्थान (एनआईएमएस), जयपुरद्वारा संयुक्त रूपमा गरिएको बताइएको छ। औषधि दिव्य फार्मेसी, हरिद्वार र पतंजलि आयुर्वेद लिमिटेड, हरिद्वारले बनाएको हो।
-दैनिक अनलाइनबाट साभार