Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

एजेन्सी । चीनको उहानमा कोरोनाका कारण मालिकको मृत्यु भएपछि एउटा कुकुरले मालिकको प्रतिक्षामा अस्पतालमा ३ महिना बिताएको छ । ७ वर्षको कुकुर शिआओ बाओ नाम गरेको कुकुरले तीन महिनादेखि कोरोनासँग जुधिरहेका आफ्नो मालिकलाई ऊहान अस्पतालमा प्रतिक्षा गरिरह्यो तर मालिकको मृत्यु भएर दाहसंस्कार गरेको पत्तै पाएन ।

शिआओ बाओ नामक कुकुरका मालिकको अस्पताल भर्ना गरेको ५ दिनका दिन निधन भएपछि अस्पतालकै प्रंगडमा प्रतिक्षा गरिरहेको कुकुरलाई अस्पतालकै स्टाफले खाना खुवाए । तर लामो समयपछि उक्त कुकुरलाई एक पसलेले आफ्नो घरमा लगे ।

वू कुइफेन नाम गरेका पसलेलाई अस्पतालले यर्थाथ कुरा बताएपछि उनले कुकुरलाई आफ्नो घरमा लगेका हुन् । ति पसलेकहाँ बस्न थालेपछि पनि २० मे मा शिआओ तायकाङ्ग अस्पताल पुनः पुग्यो । तर मालिक भेटीएनन् र उ निराश बन्यो । अस्पतालमा उक्त दृश्य देख्नेहरु सबै भावुक बनेको समाचारमा जनाइएको छ ।