Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

पुर्व मिस नेपाल शृंखला खतिवडालाई असार महिना भव्य रुपमा लागेको छ । उनी भ्लगर शिसन बानियाँको साथमा किर्तिपुरमा धान रोप्दै देखिएकी छन् ।सार्वजनिक रुपमा यी जोडीले आफ्नो प्रेम स्वीकारेका छैनन । तरपनि श्रृंखला र शिशन अधिकांश समय सँगै देखिन्छन्

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर अनुसार उनीहरु असारे महिनामा धान रोप्दै हिलो खेलिरहेका छन् । बिगत एक वर्षदेखि श्रृंखला र शिशन प्रेम सम्बन्धमा रहेका कुराहरु मिडियामा आइहरेका छन् । तर सार्वजनिक रुपमा यी जोडीले आफ्नो प्रेम स्वीकारेका छैनन । तरपनि श्रृंखला र शिशन अधिकांश समय सँगै देखिने गरेका छन् ।

श्रृंखलाले शिसनको प्रसंसा गर्दै तस्बिर भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने गरेकी छन् । केही दिन हप्ता अगाडी मात्र श्रृंखलनाले शिसनको कपाल काट्दै गरेको भिडियो पनि भाइरल भएको थियो ।

हेराैँ तस्बिर