Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकतासम्बन्धी विधेयकमा अभिनेत्री मनीषा कोइरालाले समर्थन गरेकी छिन् । नेपालले सार्वजनिक गरेको नयाँ नक्साको सर्मथनमा दिएको निडर अभिब्यक्तिले चर्चामा आएकी मनिषाले संसदीय समितिले पारित गरेको अंगीकृत नागरिकतासम्बन्धी विधेयकको सामाजिक सञ्जालमार्फत समर्थन गरेकी हुन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा एक स्टाटस लेख्दै नागरिकतासम्बन्धी विधेयकको स्वागत गर्दै समर्थन गरेकी हुन् । संसदीय समितिले आइतबार नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय पारित गरेको थियो।

उनले भारतमा रहदा कालापानी र लिपुलेकसहितको नेपालको नयाँ नक्साको सर्मथनमा निडर अभिब्यक्ति दिएकी थिइन् । उनको निडर अभिब्यक्तिले भारतिय मिडियामा हलचल नै मच्चिएको थियो।