Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

कोरोनाभाइरस सङ्क्रमणविरुद्ध लड्न नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै सहयोग गरेको देश चीनबाट जनमुक्ति सेनाको विमान सहायता सामान बोकेर बुधवार काठमाण्डू ओर्लिने अधिकारीहरूले बताएका छन्।

नेपाली सेनालाई चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीहरूका साथ चीनको वायुसेनाको एउटा विमान नेपाल आउने भएको छ।नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, “नेपाली सेनालाई सहायतास्वरूप दिने स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको ठूलो विमान काठमाण्डू आउँदैछ।”

नेपाली सेनाले त्यसबारे औपचारिक जानकारी भने दिएको छैन। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चिनियाँ जनमुक्ति सेनाको विमान स्वास्थ्य सुरक्षा सामग्री लिएर काठमाण्डू आउन लागेको हो। त्यसमा स्वास्थ्यकर्मीलाई आवश्यक पीपीईजस्ता सुरक्षा सामग्री रहेको बताइएको छ।