Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

एजेन्सी। भारतले चीनसँगको वास्तविक सीमा रेखा एलएसीमा आफ्नो सैनिकलाई स्वविवेकको प्रयोग गरेर ह’तियार प्रयोग गर्न सक्ने अनुमति दिएपछि चीनले त्यसको जवाफ दिएको छ । चीनले ह’तियार नभएका चिनियाँ सेनाले केहीदिन अघि भारतीय सेनालाई प’राजित गरेको स्मरण गराउँदै ह’तियार भएका चिनियाँ सेनासमक्ष भारतीय सेनाले भिड्न खोजेमा सीमा क्षेत्रको चित्र नै फरक हुने चेता’वनी दिएको छ।

ग्लोबल टाइम्समा लेखिएको छ, ‘भारतीय राष्ट्रवादलाई हामीले भन्नैपर्छ कि नि:सशस्त्र संघर्षमा चिनियाँ सेनालाई हराउन सकेनन् भने अब ब’न्दुक वा अन्य हति’यारले हराउने भन्ने कुरै हुँदैन । चीनको सैन्य शक्ति भारतको भन्दा धेरै उन्नत र बलियो छ । सन् १९६२ मा उस्तै सैन्य शक्ति भएको समयमा त चिनियाँ सेनाले भारतीय सेनालाई सजिलै पराजित गरेको थियो । अहिले चीन आर्थिक र सैन्य सबै हिसाबले भारतभन्दा धेरै माथि छ।’

ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका चीनवि’रुद्धका गतिविधिको पनि अध्ययन गरिरहेको जनाएको छ । ग्लोबल टाइम्स लेख्छ, ‘भारतले चीनसँग यु’द्ध गर्नु भनेको अण्डाले ढुं’गालाई प्र’हार गरेजस्तै हो । चीन भारतसँगको यु’द्ध गर्न चाहँदैन, तर हामीसँग भारतीय सेनाका हरेक उत्ते’जनाको जवाफ दिने पर्याप्त क्षमता छ । सीमा वि’वादलाई वार्ताकै माध्यमबाट समाधान गर्नु भारतका लागि हितकर हुनेछ।’

सन् १९६२ मा चीनसँगको यु’द्धमा ठूलो हार व्यहोरेको भारतले आफ्नो सीमा क्षेत्र पनि गुमाएको थियो।