Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को म’हा’मा’री कायमै रहेकाले पर्याप्त स’र्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को म’हा’मा’री टरिनसकेकाले आवश्यक स’र्तकता अपनाउन सबैलाई अपिल गर्नुभएको हो।

लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उहाँले त्यस क्रममा सबैले आ आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताउनुभयो। उहाँले सं’क्र’म’ण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो।