Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

धनगढीमा आइतवार मृ’त फेला परेका युवकको घटना रह’स्यमी बन्दै गएको छ । उनी चार दिन अघिवाट ह’रा’एका थिए । डोटीको पूर्वीचौकीका १८ वर्षीय युवक ठक्करबहादुर खड्कालाई प्रहरीले आईतबार गेटा सामुदायिक वनमा मृ’त फेला परेको थियो । उनीसंगै बस्ने साथीको वयानले घटना र’हस्य’मयी बनाएको छ ।

उनी हरा’एको चार दिन पछि गेटा सामुदायिक वनमा रुखमा झु’ण्डि’एको अवस्थामा मृ’त फेला परेका थिए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले घटनाको अनुसन्धान जारी राखिएको बताएका छन्। तर उनीसंगै कोठा भाडामा बस्ने एक जना साथीको बयानले भने घटनाका बारेमा थप कुरा सार्वजनिक भएको छ । उनलाई इमोवाट कसैले तिमीलाई चिठ्ठा परेको छ भनेर भन्दै आएको र उनी सोही कुराको पछि लागेको खुलेको छ ।