Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

कास्की- गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।उनले राजीनामाको पत्र आइतबार समितिका सभापति दीपक कोइरालालाई बुझाएका छन् । उनले आफू पदमा रहेपनि अधिकारको प्रयोग गर्न नपाएको भन्दै राजीनामा दिएको बताएका छन् । मनाङ्गेले क्रसर उद्योग, विकास निर्माणमा भएको अनियमितता बारेको कुरा उठाउँदा कुनै सुनुवाइ नभएको पनि गुनासो गरे ।

उनले अनियमितताको विषयलाई उठाउँदा सुनुवाइ नभएको, समितिमा रहेर काम गर्न नसकेको भन्दै राजीनामा दिएको बताएका छन् । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र लाग्ने भन्दै उनले राजिनामा दिएका हुन् सा‌सद मनाङ्गेले कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा कुरा उठाएको बताएका थिए । क्रसर उद्योगले गरेको मनोमानी सबैले देखेको भएपनि कसैले केहि गर्न नसकेको भन्दै उनले यसमा प्रदेश सरकारकै मिलेमतो रहेको पनि आ’रोप लगाए ।