Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

कञ्चनपुरको भीमदत्तनगर–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको ब’ला”त्का’रपछि ह’त्या भएको आज ६९७ दिन अर्थात्, करिब २ वर्ष पुग्यो । निर्मला २०७५ साउन ११ गते घर नजिकैको उखु बारीमा मृ’त अवस्थामा भेटिएकी थिइन् । साउन १० गते साथीको घर जान निस्किएकी निर्मला अर्को दिन घरजाने बाटोमा पर्ने उखुबारीमा मृ’त अवस्थामा फेला परेकी हुन् ।

त्यतिबेला प्रहरी अनुसन्धानबाट निर्मलाको ब’ला’त्का’र’पछि ह’त्या भएको खुले पनि उनको ब’ला’त्का’र र ह’त्यामा को संलग्न छ भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।निर्मलाको ब’ला’त्का’र एवं ह’त्यामा संलग्न व्यक्ति पत्ता लगाउने सिलसिलामा अनुसन्धानका लागि आधा दर्जन समिति बने । शं’का’स्पद भनिएका ५ सयभन्दा बढीसँग बयान लिइयो । १०० भन्दा बढीको डीएनए परीक्षण नै भयो । तर २ वर्षसम्म पनि अभियुक्त प’क्रा’उ नपर्दा प्रहरीको साखमाथि प्रश्न उब्जिएको छ ।