Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं । खोटागंकी सम्झना पुन । उनले २०६८ सालमा गाउँमा घाँस का’ट्न जाँदा रुख ढ’लेर मेरुदण्डमा लाग्यो । काठमाडौंको वि एण्ड वि अस्पतालमा उपचार गराइन् । तीन वर्ष अघि सम्म उनी हलचल गर्न पनि सक्दिनथिन् । अहिले शरिर चलाउन भने मिल्छ तर मेरुदण्ड भन्दा तलको भाग भने चल्दैन । उनी अहिले ह्वीलचेयरको माध्यममा जिवन चलाइरहेकी छन् ।

घाँस का’ट्न जाँदा रुखको हाँगा ‘झरेर मेरुदण्डमा लागेको उनले बताइन् । त्यती बेला उनी १९ वर्षकी थिइन् । विवाह भएर एउटा सन्तान पनि जन्मिएको थियो । खोटागंमा त्यस्तो भएपछि उनलाई माइतीको आमाले छोरीलाई उपचारको लागि काठमाडौं लिएर आइन् । सुरुमा शिक्षण अस्पतालमा उपचार गराउँदा सम्भव नभएपछि उनलाई विएण्डवी अस्पताल पठाइयो । लामो उपचार गर्दा झण्डै २२ लाख खर्च लागेको बताइन् ।

आफुलाई त्यस्तो हुँदा श्रीमान मलेसियामा थिए । दुर्घटना हुँदा मलेसियामा भएका श्रीमान अहिले झन टाढीएका छन् । दुर्घटना भएपछि श्रीमानले चटक्कै छोडिदिए । दुर्घटना हुनुअघि सम्म राम्रै सम्बन्ध भएका श्रीमानले दुर्घटना पछि एक महिना सम्म पाँच, दश हजार रुपैया पठाउँथे त्यसपछि उनी सम्पर्क विहिन भए । अहिले ६८ साल देखि यता श्रीमानलाई देखेकी पनि छैनन् ।

शौचालय समेत जान अप्ठेरो पर्ने बेलामा श्रीमानले पनि साथ छोडिदिएपछि अहिले उनको बिचल्ली भएको छ । श्रीमानले मात्र होइन त्यो दुर्घटना पछि श्रीमानको परिवारसंग पनि सम्पर्क नभएको र कसैले सहयोग नगरेको बताएकी छन् । दु’र्घ’टना हुँदा जन्मिसकेको थिए एक सन्तान, उनले नै अलिअलि सहयोग गर्ने गरेका छन् । छोराको कति रहर होला, त्यो पुरा गर्न सक्दिन उनले रुँ’दै भनिन्, मेरो औषधि खर्चमा ठूलो रकम खर्च हुन्छ, त्यसैले श्रीमानले पनि छोडे परिवारका सदस्यले पनि हेर्दैनन् ।

कहिले खानै नपुग्ने अवस्था आउँदा माइतीको आमाबुवाले खानेकुरा ल्याइदिने गरेको बताइन् । त्यसरी वेवास्ता गर्ने श्रीमानले उनलाई आफुलाई नहेरे पनि छोरालाई हेरिदिन आग्रह गरिन् । मैले त केही गर्न सक्दिन, मेरो माया नलागेपछि छोरालाई हेरिदिए हुन्थ्यो, उनले भनिन् ।

सिस्नो खानु हुन्छ भन्ने ! एक पटक अवस्य जानुहोस् सिस्नोका खानुका १५ फाइदा” काठमान्डौ। नेपालको पहाडि क्षेत्रमा सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ । १० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान खालि पेटमा खाँदा फाइदा पुर्याउँछ ।

सिस्नोमा ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्याल्सियमजस्ता पौष्टिक तत्व पाइन्छ ।यसमा करिब २५ प्रतिशत प्रोटिन हुन्छ । यसमा आइरनसमेत पाइन्छ ।सिस्नोमा फाइबरसमेत हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ । सिस्नोले शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ । सिस्नोको धुलोलाई दाल र सुप बनाएरसमेत खान सकिन्छ । हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ ।

सिस्नो खानाले किड्नीको समस्या हुनबाट जोगाउन सघाउँछ । पिसाब पोल्ने समस्या छ भने सिस्नोको सुप लाभ दायक हुन्छ । दम, बाथरोग, रगत उत्पादन गराउने, शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनसमेत यसले सघाउँछ । सिस्नोको लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । भाँचिएको तथा मर्केमा, हाड जोड्न, हाड–जोर्नी दुखेकोमा पनि सिस्नो उपयोगी हुन्छ।