Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर ‘फादर्स डे’मा गरेको एक ट्विटका कारण चर्चामा आएकी छन्। उनको ट्विटलाई लिएर धेरैले आलोचनासमेत गरेका छन् । ट्विटलाई लिएर ट्रोलसमेत बनाइएको छ। उनलाई किन ट्रोल गरियो त ?यसलाई बुझ्न पहिला उनले ‘फादर्स डे’मा के लेखिन् भन्‍ने जान्‍न् आवश्यक छ । उनले लेखेकी थिइन्- ‘आज फादर डेमा यो भन्‍न चाहन्छु- म बुबाको छोरी हुँ र म आज उनकै कारण यो स्थानमा छु। मलाई बुबाका कारण वि’शेषाधिकार मिलेको छ। यो कुनै अपमान होइन।

मलाई यो दिन मेरो बुबाले धेरै मिहिनेत गर्नुभएको छ। मलाई मेरो बुबाको छोरी हुनुमा गर्व छ।’ हालै बलिउड कलाकार सुशान्त सिंह राजपूतले आ’त्मह’त्या गरेपछि बलिउडमा ना’तावादलाई लिएर चर्चा चुलिएको छ। यहीबीचमा सेनामको यस्तो ट्विट आएपछि उनको आ’लोचना भएको हो। बलिउड निर्माता तथा निर्देशकहरूले प्रायः स्टार कलाकारका छोराछोरीलाई मात्र अ’वसर दिने हुँदा सु’शान्तजस्ता कलाकार आ’त्मह’त्या गर्न वि’वश भएको बताउँदै अहिले स्टार कलाकार र उनीहरूका छोराछोरीको आ’लोचना भइरहेको छ।