Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

एजेन्सी यदी घरमा स( साना बालबच्चा छन र केही समयलाइ मात्र उनीहरुबाट नजर हटाउँदा पनि कहिलेकाही नसोचेको घटना घट्न जान्छ। यस्तै एउटा घ’ट’ना भारतमा घ’ट्न पुगेको छ।

भारतमा एक तीन वर्षीया बालिका वासिङ मेसिनमा नै फसेकी छिन् । भारतको बैगलुर स्थित एक गाउँमा तीन वर्षीया बालिका वासिङ मेसिनमा फ’से’की हुन् ।
परिवारका सदस्य काममा व्यस्त हुँदा बालिका मेसिनको ढकन खुल्ला भएको बेला भित्र पसेकी थिइन् । बालिका वासिङ मेसिनमा फसेपछि बुबाआमा निकै आत्तिए ।

ती बालिका करिव आधा घण्टासम्म वासिङ मेसिन भित्र अड्किएकी बताइएको छ। तर बाहिर निकाल्न धेरै प्रयास गरे पनि नसकिएपछि मेसिनको ढकननै का’टे’र निकाल्नु परेको जनाइएको छ । एजेन्सी ।

यो पनि पढ्नुसस्( बाँकेमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । बाख्रापालन व्यवसायले आयआर्जन बढाउनाका साथै आत्मसम्मान पनि बढाएको छ । अहिले राप्तीसोनारीका महिला सफल बाख्रापालक कृषक बन्दै गएका छन् । ‘पहिले खसीबाख्रा पाल्छुभन्दा लाज लाग्थ्यो । आजभोलि गर्व लाग्छ’, राप्तीसोनारी २ मधुवाकी लीला भन्डारीले भन्नुभयो, ‘एकपटक बाख्रापालन गरेकै कारण सम्मानित भएँ, सम्मानले अझै हौसला मिल्यो ।’

उहाँले गत वर्ष दशैंमा चार खसी सहकारीमार्फत बेच्नुभयो । तीन वर्षदेखि जननी सामाजिक उद्यमी सञ्जालमा आवद्ध भएर राप्तीसोनारीस्थित ढकेरीमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी संघको सहयोगमा भण्डारीले बाख्रापालन शुरु गर्नुभएको छ । एक दुई बाख्रा पाल्दै आउनुभएकी भण्डारीले सहकारीको सहयोगपछि २५ खसीबोका पाल्नुभएको छ । सहकारीको सहयोगमा गाउँका धेरैले बाख्रापालन गरेका छन् ।

ढकेरीस्थित सो सहकारीमा मात्रै बाँके र बर्दियाका करीब सात हजार महिला आबद्ध छन् । उनीहरुले पनि बाख्रा, भँैसी र बंगुरपालन गरेका छन् । घरधन्दासँगै बाख्रापालनले आम्दानी पनि हुन थालेपछि परिवार पाल्न सहज भएको उनीहरुको अनुभव छ ।