Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

एजेन्सी – कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण अहिले बलिउडका फिल्मी कामहरु कम भएका छन् । लकडाउनकै कारण केहि समयदेखि बीचमै रोकिएका फिल्मका शुटिंग अब बिस्तारै सामाजिक दुरी कायम गरी शुरु गर्न थालिएको छ ।

तर यति बेला अभिनेत्री श्रद्धा कपूर भने घरबाट बाहिर निस्कन पाएकी छैनिन् । उनलाई पिता शक्ति कपूरले लकडाउनका समयमा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको भारतिय मिडियामा जनाइएको छ ।

अभिनेत्री श्रद्धा कपूरका पिता शक्ति कपूरले कोरोनाभाइरसको जोखिम रहेकोले यस समयमा बाहिर निस्कन उचित नहुने भन्दै रोक लगाएका् बताइएको छ । अभिनेता शक्ति कपूरले काम गर्नु जरुरी भएपछि जीवनभन्दा ठूलो अरु नहुने बताउका छन् ।