Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

एजेन्सी । कोरोनाको म’हामारीका कारण अमेरिकाबाट नेपाल फर्कन चाहने झण्डै १२ सय नेपालीहरुले नेपाल फर्कनका लागि आ’वेदन दिएपनि अन्तिम समयमा यसको संख्या निकै कम देखिएको छ । नेपाल फर्कन भन्दै फर्म भरेकाहरुमध्ये ५० प्रतिशतभन्दा बढी नेपाल फर्कन अ’निच्छुक देखिएपछि अमेरिकाबाट नेपालीहरुलाई नेपाल ल्याउन तयार भएका ४ वटा एयरलाइन्सहरु समस्यामा परेका छन् ।प्रति उडान ३ सयका दरले अनुमान गरेर अमेरिकाबाट टर्किस एयरलाइन्स र कतार एयरवेजले ४ वटा उडान गर्ने तय गरेपनि कुल टिकट लिनेको संख्या ५० प्रतिशतभन्दा पनि कम भएपछि जुन २५ मा शि’कागोबाट नेपाल आउने तय भएको ट’र्किस एयरलाइन्सको उडान र’द्द भएको छ ।

उक्त उडानमा जहाजको सिट सख्याको एकतिहाईले पनि टिकट का’टेका छैनन् । त्यस्तै स’मस्याका कारण कतार एयरवेजले पनि जुन २३ मा वासिंटन डिसीबाट गर्ने भनेको उ’डान र’द्द गरेको छ । अब आफ्ना उडानहरु म’र्ज गरेर ट’र्किस एयरलाइन्स र कतार एयरवेजले एक, एकवटा मात्र उडान गर्ने तयारी थालेका छन् । जस अ’नुशार ट’र्किश एयरलाइन्सले जुन २३ मा न्युयोर्कबाट र कतार एयरवेजले टे’क्सासबाट जुन २५ मा उ’डान गर्ने तय भएको छ ।शि’कागो र वा’सिंटन डिसीबाट नेपाल आउनेगरी टि’कट लिएकाहरुलाई पनि न्युयोर्क र टे’क्सासका उडानमार्फत जानका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न सू’चना जा’री गरिएको छ ।

अब जुन २५ मा टर्किस एयरलाइन्समार्फत शि’कागोबाट आउने टिकट लिएकाहरुले जुन २३ मै न्युयोर्कबाट नेपाल आउने तयारी गर्नुपर्नेछ । त्यस्तै जुन २३ मा वासिंगटन डिसीबाट कतार एयरलाइन्समार्फत नेपाल आउन टिकट लिएकाहरुले अब जुन २५ मा टेक्सासबाट आउनेगरी तयारी गर्नुपर्ने भएको छ ।सामान्य अवस्थामा ८ सयदेखि एकहजार डलर, अमेरिका काठमाडौंको दुईतर्फी भाडा भएपनि एयरलाइन्सहरुले झण्डै १६ सय डलर भाडा तय गरेका छन् । कतिपयले नेपाल जाने भाडा दो’ब्बरभन्दा पनि बढी भएको भन्दै तत्काल नेपाल फर्कन न’चाहेका हुन ।

त्यस्तै नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण पनि कतिपयले तत्काल नेपाल फर्कन अ’निच्छा व्यक्त गरेका छन् । नेपाल फर्केपछि क्वा’रेन्टीनमा कहाँ बस्ने भन्नेबारे पनि अ’न्यौल उ’त्पन्न भएकाले धेरैले तत्काल नेपाल फर्कने यो’जना र’द्ध गरेको अमेरिकाबाट प्र’काशित हुने खसोखास पत्रिकाले जनाएको छ ।