Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं – सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

शुक्रबार ८९ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आइतबार ६ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौं । सुनको मूल्यले दिनदिनै नेपाली बजारमा नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।

आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा रेकर्ड बनाएको सुन सोमबार तोलामा ४ सय रुपैयाँले बढेको हो । विश्व अर्थतन्त्रमा कोरोना प्रभाव जारी रहँदा लगानीकर्ताहरु सुनतर्फ आकर्षित बनेपछि सुनको मूल्य निरन्तर उकालो लागेको हो । सुनलाई सुरक्षित लगानीको साधन मानिन्छ ।

सोमबार तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा दश रुपैयाँले बढेर प्रतितोला नौ सय पचास रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।