Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

कैलाली: कैलालीको लम्कि चुहा नगरपालिका वडा नं ८ डमरिया मा एउटि आमाको हरिबिजोक भएको छ । नौ सन्तान कि यी अामा संग अहिले बिहान खाए अहिले के खाने अहिले खाए बिहान के खाने भन्ने पिर परेकोछ ।

विश्वभरी कोरोना को माहामारीका कारण देश लकडान छ कोरोनाको त्रास भन्दा पनि यो परिवारलाई भोकमरीको त्रास धेरै छ । ११ बर्षमा बिहे भएपछि एक-एक बर्षको अन्तरालमा छोरीहरु पाएको उनी बताउछिन् । पाचौं सन्तानको रुपमा एउटा छोरा भएपनि अझै छोराको ईच्छा रहेको कारणले पनि बर्षौपिच्छे छोरिहरु पाएको उनले सुनाईन् । पति भारतमा सानोतिनो काम गर्नुहुन्छ एउटा श्रीमानको कमाइले यति ठूलो परिवार पाल्न समेत मुस्किल परिरहेकोछ ।

गाउबाट टाढा रहेको यो घरको अवस्था पनि दयनिय रहेको छ । टिनको पाताले छाएको र काठले बनाएको यो घर जेठ बैशाखको हावाहुरी र चर्को घाम समेत छेक्न नसक्ने बताईन् । जग्गाको नाममा पाच पठ्ठा य‌ेलानि जमिन र यहि घर छ त्यो पनि उब्जनि केही नहुने भन्दै दुखेसो पोखिन् ”ईश्वरको बरदार दुई सन्तान” भनेपनि यो परिवारमा भने यो लागू भएन । यति धेरै छोराछोरी हरु लाई पढाउन, लेखाउन, पालनपोषण गर्न कति हम्मे हम्मे परेको होला हामी आफै अनुमान लगाउन सक्छौ ।सके सहयोग गरौ नसके १ सेयर गरेर सहयोग मनहरु सम्म पुर्याइदिनुहोला तपाईंको सानो सहयोग पनि यो परिवारको खुसि हुनसक्छ ।भिडियो