Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौ । कास्कीको पोखरामहानगरपालिका-१७ काउछेघारीस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा पानीमा डु’बेर पोखरामहानगरपालिका-१४ काजीपोखरी बस्ने तनहु भानु नगरपालिका-१ घर भएका २४ वर्षीय सुजन श्रेष्ठको आइतबार दिउँसो मृ’त्यु भएको छ । पौडी खेल्नेक्रममा श्रेष्ठ पानीमा डु’बेको भन्ने खबर पाप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाटखटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको ला’श फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता भोजपुर ट्याम्के मैयुम गाउँपालिका-१ सुमलिखा बस्ने रामजी राउतको १० वर्षीया छोरी रितिका राउतको च’ट्याङ लागेर आइतबार दिउँसो मृ’त्यु भएको छ । भोजपुरषडानन्द नगरपालिका-३ सानो दिङला बस्ने मावली हजुर बुबाको घरमा बस्दै आएकी उनको जेठ २० गते खेतमा धान रोप्ने क्रममा च’ट्याङ लाग्दा ग’म्भीर घा’इते भएका उनको सोही नगरपालिका-३ खार्ताम्छा उप स्वास्थ्य चौकीमा उपचारको क्रममा मृ’त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी सर्लाहीको बसवरिया गाउँपालिका-५बस्ने ४३ वर्षीय नरेश रामको क’रेन्ट लागेर आइतबार दिउँसो मृ’त्यु भएको छ । सोही गाउँपालिका-२ स्थित घर छाउने क्रममा विद्युतको तारमा छुँदा क’रेन्ट लागेर ग’म्भीर घा’इते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवातर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता गोरखाको पालुङटारनगरपालिका-६ पिप्ले बस्ने४८ वर्षीय रेशम बहादुर नेपालीको गोबर ग्याँसको डु’म सफा गर्ने क्रममा डुमभित्र खसेर आइतबार दिउँसो मृ’त्यु भएको छ । सोही नगरपालिका-६ चपकाइटार बस्ने तारा बहादुर तामाङको घरमा गोबर ग्याँसको डु’म सफा गर्ने क्रममा डु’मभित्र खस्न जाँदा उनको मृ’त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी सर्लाहीको हरिपुर्वानगरपालिका-९ मिर्चियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठ’क्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय सिङगेश्वर रायको सोमाबर बिहान मृ’त्यु भएको छ । आफ्नै खेतको मकै भाँ’चि सडकको छेउमाथुपारी मकै कुर्नको लागि रोडमा सुतेको अवस्थामा सवारी साधनले ठ’क्करदिँदा उनको मृ’त्यु भएको बताइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।