Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं । कोरोना म’हा’मा’रीका कारण विदेशमा रोकिएका १४०० नेपाली नागरिक एकै दिन स्वदेश फर्किएका छन्। विदेशमा समस्यामा परेर स्वदेश फिर्ता हुने क्रममा आइतबार एकैदिन १४०० जना नेपाली स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्कनेमध्ये कतारबाट १४९ जना, साउदी अरबबाट २४७ जना, युएइबाट ३३८ जना, कुवेतबाट १६६ जना र बङ्गलादेशबाट २५० जना रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आइतबार नै मलेसियाबाट हिमालय एयरलायन्सबाट १५० जना र युएइबाट नेपाल एयरलायन्सबाट १५० जना नेपाल आइपुगेका हुन्। उनीलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गरिँदै छ।