Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं । एक १५ वर्षीया बालिकालाई ब’ला’त्का’र गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया प’क्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको ब’ला’त्का’रबाट ग’र्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उ’जुरी दर्ता गरी आ’रोपितलाई प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई ‘ब’ला’त्का’र गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ ए’क्सरे गरिएको छ ।

यसअघि गाउँमा भएको पञ्चेती छलफल ले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय बालकसँग गरिदिएको स्थानीय गीता देवले बताउनुभयो । “उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको ग’र्भ रहेको बताउनुभयो, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिनुभयो”, देवले भन्नुभयो, “यसरी कुरो फेरेपछि गाउँभरि त’नाव बढेको छ ।”

पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हि’रा’स’तमा राखेको थियो । बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उहाँहरूलाई तारेखमा रिहा गरिएको प्रनाउ भारतीले जानकारी दिनुभयो । प्रनाउ भारतीले लालबहादुरवि’रु’द्ध ब’ला’त्का’रको उजुरी दर्ता गरी थप अ’नुसन्धान थालिएको जानकारी दिनुभयो ।

ब’ला’त्का’र’को उ’जुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आ’रो’पि’तसँग गराई दिन सक्रिय भएका छन् । बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ । बालिकाले भने निकै द’बाब र मानसिक त’नावमा परेको बताउनुभयो ।

ग्रामीण भेगमा कानूनभन्दा व्यवहार ठूलो भन्ने मान्यता रहेकाले गाउँहरूमा कथित बो’क्सी, बालविवाह, ब’ला’त्का’र, बहुविवाह, चोरी, ला’गू औ’षध, कु’ट’पि’ट’लगायत सबैजसो घ’ट’नामा पञ्चायत बसेर निर्णय गर्ने चलन रहेको अधिवक्ता तथा अधिकारकर्मी मीना देव बताउनुहुन्छ । अधिवक्ता देवले धेरैजसो महिला हिं’साका घ’टना गाउँघरमै बसेर टुङ्ग्याइने गरेकाले महिलाले अ’सुरक्षित महसुस गरेको बताउनुभयो । source: janatasamachar