Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

हुन त पुरुषहरुले आफ्नो कुरा खुलेर व्यक्त गर्छन् । आफूलाई के मनपर्छ, के मनपर्दैन । के कुरामा चित्त बुझेको छ, के कुरामा छैन । मनमा कुरा लुकाउँदैनन् । तर, यावत कुराका निम्ति अनुकूलता भने हुनुपर्छ । अर्थात् श्रीमती र श्रीमानबीचको अन्तर संवाद हुनुपर्छ । आफ्ना श्रीमान कस्ता छन् । के कुरामा रुचि राख्छन् । आफ्नो व्यवहारलाई उनले कसरी लिएका छन् ।

आफूले के गरेको मन पराउँदैनन् । थाहा भएको उत्तम हो । हुन त यस किसिमको जानकारी दोहोरो नै हुनुपर्छ । श्रीमती के चाहन्छिन्, के रुचाउँछिन्, कस्तो व्यवहार मन पर्दैन । श्रीमानलाई पनि थाहा हुनुपर्छ । किनभने आफूले चाहेको निर्णय मात्र गरिरहँदा वा पारिवारिक निर्णयहरु आफूलाई केन्द्रित गरेर गरिरहँदा दाम्पत्य सन्तुलन बिग्रिन सक्छ ।

त्यसैले एकअर्काको भावना, रुचि, व्यवहार, आनीबानी सबैलाई बुझ्न जरुरी हुन्छ । स्वभाविक हो, श्रीमतीप्रति श्रीमानका केही अपेक्षा हुन्छन्। आफ्नी श्रीमतीले यस्तो व्यवहार गरिदिए हुन्थ्यो भन्ने लाग्छ । आफ्नी श्रीमतीबाट श्रीमानले खोज्ने पहिलो कुरा भनेको पारिवारिक सुख हो । श्रीमतीले घरको वातावरण शान्त बनाइरहोस्,खुसीयाली छाइरहोस् भन्ने अपेक्षा गर्छन् ।

परिवारका सबै सदस्यलाई समान व्यवहार गरेको, सबैप्रति सकारात्मक भाव राखेको हेर्न चाहन्छन् । घर व्यवहार कसरी चुस्त बनाउने ।भान्सालाई कसरी पोषिलो बनाउने । परिवारका सदस्यहरुलाई कसरी सन्तुष्ट तुल्याउने । घरलाई कसरी सफा सुग्घर बनाउने भन्ने कुरामा श्रीमतीले नै खास भूमिका निर्वाह गरेको हेर्न रुचाउँछन् पुरुष।

भलै, यावत काममा उनले अरु सदस्यबाट पनि सहयोग लिन सक्छिन् । कतिपयको प्रवृत्ति खर्चालु हुन्छ । भड्किलो जीवनशैली रुचाउँछन् । अरुको देखासिखी गर्छन् । त्यही अनुसार जथाभावी खर्च गर्ने गर्छन् । भलै उनले परिवारकै लागि भनेर खर्च गरेपनि त्यसले पारिवारिक व्ययभार बढाइदिन्छ । अनावश्यक र फजुल खर्चले आर्थिक समस्या ल्याउँछ ।

श्रीमान चाहन्छन् कि श्रीमती खर्चालु होइन, जतन गर्ने प्रवृत्तिको होस् । हरेक कुरा सोचविचार गरेर मात्र निर्णय गर्ने होस् । धेरै किनमेल गर्ने, भोज भतेर आयोजना गर्ने, खानेकुराहरु नष्ट गर्ने जस्ता प्रवृत्तिले घरमा दरिद्रता ल्याउँछ । यस कुरामा श्रीमती सचेत भएको र आर्थिक कुरामा उनले नियन्त्रण गरेको हेर्न चाहन्छन् ।

कतिपय सामग्रीहरु पुन: प्रयोग गर्न सकिने हुन्छन् । लुगा सिलाएर लगाउन सकिन्छ। नष्ट हुन लागेको सागलाई गुन्द्रुक बनाउन सकिन्छ, थोत्रो प्लाष्टिकमा माटो भरेर केही रोप्न सकिन्छ । यसरी हरेक कुरालाई सदुपयोग गर्ने खुबी होस् भन्ने चाहन्छन् । हाम्रो पारिवारिक संरचना अनुसार श्रीमतीले भान्साको काम सम्हाल्ने गर्छिन् ।

खाना पकाउन उनीहरु नै सिपालु हुन्छन् । तर, कतिपय भने मीठो मसिनो, मसलेदार र अस्वस्थ्यकर खानेकुरा बनाउने प्रवृत्तिका हुन्छन् भने कतिपय स्वस्थ्यकर खानेकुरा बनाउने । जस्तो भान्सा, उस्तै हुन्छ पारिवारिक स्वास्थ्य । त्यसैले भान्सामा समेत श्रीमतीले उचित नियन्त्रण गरेको हेर्न चाहन्छन् पुरुषहरु ।
आफ्ना आमाबुबा, आफन्त, नातेदारसँग सम्मानजनक स’म्बन्ध स्थापित गरेको हेर्न चाहन्छन् । परिवारका सदस्यलाई समान व्यवहार गरेको, सबैप्रति प्रेममय सम्बन्ध बनाएको हेर्न चाहन्छन् । श्रीमानले श्रीमतीबाट चाहने अर्को कुरा यौ’न सुख पनि हो । श्रीमतीको कारण यौ’न जीवन खल्लो नहोस् भनेर उनीहरु सचेत रहन्छन् । यौ’नमा दुबैको समान सहभागी हुनुपर्ने हुन्छ ।