Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

भारतमा अन्य राज्य र प्रदेशबाट आएकाहरुलाई गृहराज्यको क्वारेटाइन सेन्टरमा राख्ने गरीएको छ । जहाँ क्वारेन्टाइनमा रहेका हरेक ब्यक्तिको खानपानको जिम्मेवारी सरकारका तर्फबाट हुने गरेको छ । बिहारको बक्सर जिल्लाको एक क्वारेन्टाइनमा निकै रोचक घटना भयो ।

बिहारको बक्सर जिल्लाको क्वारेन्टाइनमा रहेका २१ वर्षीय अनुप ओझाले निक्कै बढी खाना खाएपछि चर्चा चुलिएको हो । उनले खाएको देख्दा जो कोही चकित पर्छ । शुरुवातमा उनी आएको दिन नै उनले ८५ वटा लिट्टि (समोसा झै गोलो आकारको परिकार) खाए । त्यसपछि दैनिक करिब ४० रोटि र २० प्लेट भात खानु उनको दैनिकी नै हो ।

राजस्थानमा काम गर्ने उनी लकडाउनले बिहार फर्केका हुन् । अनुपको खानाको डाइट घरमापनि सोहि अनुसार रहने गरेको छ । उनको गाउँमा उनले एकै पटक १ सय समोसा खाएको रेकर्ड छ । तर उनको शरीरमा खाना अनुसारको मोटोपना छैन । उनको वजन ७० किलोग्राम मात्र छ ।अनुप अन्य ब्यक्तिको तुलनामा ज्यादा काम पनि गर्दछन् । उनी एक्लैले ५/६ जना बराबरको काम गर्दछन् ।अञ्चलाधिकारीले क्वारेन्टाइन व्यवस्थापकलाई अनुपले चाहे अनुसारको खानदिन र कुनै अभाव नपार्न निर्देशन दिएका छन् ।