Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

हँसिलो मुहार अनि ख्याल ठट्टा गर्ने बानी भएकी सन्ध्या सधैं स्टाइलिस पहिरनमा देखिन्छिन् । जब-जब उनले आफ्नो उमेर ४० वर्ष भएको बताउँछिन्, पहिलो पटकमा कसैले पनि विश्वास गर्दैनन् ।
तपाईं त ३० वर्ष जस्तो लाग्छ, ४० वर्ष त कतैबाट पनि देखिनु हुन्न । यसको रहस्य के हो ?

यसको रहस्य हो- नो ब्वाइफ्रेन्ड, नो हस्बेन्ड, नो फेमिली र नो टेन्शन, सन्ध्या हास्दै सबैलाई यस्तै जबाफ दिन्छिन् । सन्ध्या एउटा स्थापित कम्पनिमा बजार व्यवस्थापनको रुपमा कार्यरत छिन् । उनी महानगरमा भाडाको घरमा एक्लै बस्छिन् । एक्लै यसकारण, किनभने उनी एसे’क्सुअल अर्थात अलैं’गिक हुन् । उनलाई विवाह गर्न मन लाग्दैन र परिवारप्रति उनको धारण भिन्दै रहेको छ । एसे’क्सुअल ती व्यक्तिहरुलाई भनिन्छ, जसले सामान्यतया कुनै व्यक्ति -पुरुष अथवा महिला) का लागि यौ’न आक’र्षण नै महसुस गर्दैनन् । यो एक प्रकारको यौन अभिमुखीकरण (से’क्शुअल ओरिए’न्टेशन) हो ।

अलैं’गिक युवती कस्तो परिवार चाहन्छिन् ?

आफ्नो पहिचान परिवारको पारम्परिक ढाँमा हराओस् भन्ने सन्ध्या चाहान्नन् । एउटा रमाइलो परिवार हुनका लागि श्रीमान्-श्रीमाती र बालबच्चा हुनु आवश्यक छ भन्ने उनी मान्दिनन् । उनी भन्छिन्-‘परिवारका लागि हरेक व्यक्तिको आफ्नो भिन्दै परिभाषा हुन सक्छ ।’

‘‘२३-२४ वर्षको उमेरमा मलाई अनुभव हुन थाल्यो, मसंग केही त फरक भएको छ’, उनी सम्झन्छिन् । ‘मेरो उमेरका युवतीहरु ब्वाइफ्रेन्ड बनाउँथे, केटाहरुलाई डेट गर्थे र रिलेशनसिपमा जान्थे, तर मसंग त्यस्तो केही भएन’, सन्ध्याले भनिकी छिन् । सन्ध्यालाई केटा नै मन नपर्ने भन्ने पनि थिएन । त्यहि समयमा सन्ध्यालाई पनि एउटा पुरुष एकदम मन परेको थियो । उनलाई ती पुरुषको साथ एकदम रमाइलो लाग्थ्यो । संगै बस्दा-बस्दै ती पुरुषको अपेक्षाहरु बढ्न थाल्यो र त्यस्तो हुनु सामान्य पनि थियो । तर जब कुरा यौ’न नजिक पुग्यो उनी एकदम असहज भइन् ।

उनलाई आफ्नो शरीरले त्यस्ता कुराहरुलाई स्वीकार गर्दैन भन्ने महसुस भयो । ‘मलाई यौ’नको आवश्यकता नै नभए जस्तो लाग्यो, उनको भनाइ छ । सन्ध्याको मनमा यौ’नप्रति कुनै ड’र थिएन । उनलाई यौ’न बिना आफ्नो जिन्दगीमा कुनै कमी भएको महसुस पनि हँुदैन थियो ।

से’क्सुवालि’टीलाई कसरी चिन्ने ?

सन्ध्याका अनुसार सम्बन्धमा रोमा’ञ्चक झुकाव त थियो तर कसैप्रति पनि यौ’नका लागि थोरै पनि महसुस भएन । जुन पुरुषसंग उनको प्रेम थियो, त्यो युवकको हात समा’तेर हिं’ड्न सन्ध्यालाई एकदम रमाइलो लाग्थ्यो । उनलाई अं’गालोमा बेर्न, उसंग समय बिताउन एकदम रमाइलो लाग्थ्यो । यौ’न सम्पर्क राख्दा उनलाई गाह्रो हुन थाल्यो । उनको शरीरमा कुनै पनि प्रतिक्रिया हुँदैन थियो ।

सन्ध्यालाई यो कुराको धेरै पटक अनुभव भयो । हरेक पटक सम्बन्धलाई शारीरिक निकटतामा पुग्नासाथ उनी पछि हट्न थालिन् । जब उनले आफ्ना साथीहरुसंग यसबारेमा कुरा गरिन् । साथीहरुले उनलाई डाक्टरकहाँ जाने सल्लाह दिए । सन्ध्याले तुरुन्त डाक्टरकहाँ गैहाल्नु भन्दा स्वयं त्यस बारेमा पढ्न र बुझ्न प्रँरम्भ गरिन् । त्यसका लागि उनले इन्टनेट र से’क्सुवालि’टीको बारेमा जानकारी दिने विभिन्न भिन्दा-भिन्दै वेबसाइटहरुको साहरा लिइन् । उनी सामाजिक सञ्जालमा एसे’क्सुवालि’टीसंग सम्बन्धित केही समुहहरुसंग पनि जोडिन पुगिन् ।

सन्ध्यालाई प्रारम्भमा आफुसंग केही ग’म्भीर सम’स्या भएको जस्तो लागेको थियो । आफ्नो स’म्बन्ध टुट्नुमा आफु स्वयंलाई दो’षी पनि मान्न थालेकी थिइन् । ‘तर जसै मलाई से’क्सुअलि’टीको बारेमा पढ्न र बुझ्न थालें, मैले आफु स्वयंलाई स्वीकार गर्न थालें, उनी सम्भिन्छिन् ।विस्तारै-विस्तारै उनलाई आफु कुनै रो’गको शिकार नभएको र आफु असामान्य पनि नभएको भन्ने कुरा बुझिन् । सामाजिक सञ्जालको माध्यमबाट उनको अन्य एसेक्सुअल मानिसहरुसंग पनि चिनजान भयो । त्यसरी उनी समयसंगै आफ्नो शरीर र उनको से’क्सुवालि’टीप्रति पुर्ण रुपले सहज भइन् ।

के सन्ध्याले आफ्नो लागि पार्ट’नर खोज्ने प्रयास गरिन् ?

यसको जवाफमा सन्ध्या भन्छिन्-‘आफ्नो विभिन्न पटकको अनुभवबाट मैले बुझिसकेकी थिएँ, यदि मैले कुनै पुरुषसंग सम्बन्ध स्थापित गरें भने उसको अपेक्षा बढ्छ । त्यहि क्रममा म आफ्नो एसे’क्सुअ’ल आइडेन्टीटीप्रति धेरै गम्भिर भैसकेकी थिएँ र मैले कुनै पनि हालतमा त्योसंग सम्झौता गर्नका लागि तयार भइन । मैले कुनै एसे’क्सुअ’ल पुरुषनै आफ्नो पार्टनर बन्न सक्छ भन्ने कुरा पनि बुझेकी थिइनँ । त्यसैले मैले कसैलाई डेट गर्न अथवा पार्टनर खोज्न बन्द गरिदिएँ ।’

सन्ध्या कस्तो परिवार चाहन्छिन् ?

तर के एसे’क्सुअ’ल कम्युनिटीमा सन्ध्याले कोहि भेटिनन् त ? जोसंग उनले जिन्दगी बिताउने सोच्न सक्थिन् ? यस बारेमा सन्ध्या भन्छिन्-‘सामाजिक सञ्जालमा धेरै मानिसहरु भेटेता पनि वास्तविक जीवनमा कोहि भेटिएन ।’ उनी थप्छिन्-‘धेरै मानिसहरु एसे’क्सुअल हुन्छन् तर सही जानकारीको अभावमा आफुलाई बुझ्न सक्दैनन् । केही मानिस सामाजिक र पारिवारिक दवावका कारणले सार्वजनिक रुपमा आफ्नो से’क्सुवा’लि’टी व्यक्त गर्दैनन् र भित्र-भित्रै पाकिरहन्छन् ।’ यद्यपि, यदि एसेक्सुअल कम्युनिटीबाट कुनै पुरुष भेटियो भने उनी यसको बारेमा अवश्य सोच्ने छिन् ।

एउटा एसे’क्सुअ’ल महिला भएको हिसाबले परिवारको कस्तो मान्यता रहेको छ ?

यसको जवाफमा सन्ध्या भन्छिन्-‘अहिले म सिंगल छु र जहाँसम्म मलाई लाग्छ भविष्यमा पनि म सिंगल नै हुनेछु । अहिले मेरो साथी,मसंग एउटै घरमा बस्ने महिलाहरु नै मेरो परिवार हो । हामी भिन्दा-भिन्दै कोठामा बस्छौं, तर हाम्रो कमन किचन छ ।

हामी भेटघाट गर्छौं, कुरा गर्छौं र एक-अर्काको सुख-दुःखमा साथ हुन्छौं । त्यसैले मेरो लागि यहि नै परिवार हो । म आफ्नो पहिचान नै हराउने गरि परिवार म माथि हावी होस् भन्ने चाहान्न । सन्ध्याले यदि उनलाई मन पर्ने पार्टनर भेटिन् भने उनी उसको साथ रहन पनि चाहन्छिन्, तर त्यो सम्बन्धको पनि आफ्नो दायरा हुन्छ ।उनी भन्छिन्-‘परिवार शब्दले मेरो मनमा जुन तस्वीर उत्पन्न हुन्छ, त्यसमा म र मेरो पार्टनर साथ त हुन्छौं तर हामीबीच एउटा स्पेस पनि हुन्छ । हामी एउटै घरमा बसे पनि कोठा छट्टा-छुट्टै होस् भन्ने मेरो चाहना छ । हाम्रो भान्छा एउटै होस्, जहाँ हामी दुवै मिलेर खाना बनाउन पाउँ । हामी भिन्दा-भिन्दै कोठामा बसे पनि भावनात्म रुपले एकअर्कालाई आवश्यक परेको समयमा हामी साथ रहौं ।’ आमा बन्ने र बच्चाको प्रश्नको जवाफमा सन्ध्याले स्पष्ट शब्दमा भनिन्-‘मलाई अरुको बच्चा मन पर्छ तर म आफु बच्चा जन्माउन चाहान्न ।’

सन्ध्यालाई प्रायःले बच्चा भएन भने बुढेसकालमा तिम्रो हेरचाह कसले गर्छ ? भनेर प्रश्न गर्छन् ।

सन्ध्या ती मानिसहरुलाई जवाफ दिनु भन्दा प्रतिप्रश्न गछिन् । के सबै वृद्ध मानिसहरुको बच्चाले उनीहरुको हेरचाह गरिरहेको छ ? म आफ्नो बुढेसकालको लागि सेभिङ गरिरहेकी छु । म एक्लो छु भन्ने कुरा मलाई थाहा छ ।

मैले आफ्नो हेरचाह आफंैले गर्नु पर्छ, त्यसैले स्वास्थ्य र फिटनेसको पूर्ण ध्यान राख्छु । म राम्रो खाना खान्छु, योगा गर्छु र कुनै पनि निर्णय राम्रोसंग सोचविचार गरेर मात्र गर्छु ।’ सन्ध्याको परिवार र नातेदारहरु कहाँबाट विवाहको दवाव लगातर बढ्न थालेको भएता पनि उनी स्पष्टरुपमा सबैको दवाव अस्वीकार गर्छिन् ।

विवाह नगर्दा केहि बिग्रँदैन

उनी भन्छिन्-‘मेरो सानो बहिनीको पनि विवाह भैसकेको छ । त्यसैले विवाहको दवा’व धेरै छ तर मैले हिजोआज मानिसको सल्लाह र घोचपेच सुन्न बन्द गरेकी छु । म एक्लै बस्छु र पूर्णरुपले आत्मनिर्भर पनि छु । म एक्लै लञ्च र डिनर गर्न जान्छु र सपिङ पनि एक्लै जान्छु ।

यहाँसम्म कि म बिरामी भएको समयमा पनि एक्लै डाक्टरकहाँ जान्छु । विवाह जीवनको सबै भन्दा ठुलो आवश्यकता हो जस्तो मलाई लाग्दैन । मानसिक शान्ति र आफ्नो खुशीले जिन्दगी बाँ’च्न पाउने स्वतन्त्रता नै जिन्दगीको सबैभन्दा ठुलो आवश्यकता हो जस्तो मलाई लाग्छ ।’

उनको अफिस र बाहिरी संसारको मानिसको व्यवहार कस्तो हुन्छ ?

यस बारेमा सन्ध्या भन्छिन्-‘मानिसहरुलाई विश्वास नलाग्न सक्छ, म ४० वर्षको उमेरमा पनि एक्लै छु र कुनै सम्बन्धमा पनि बाँ’धिएकी छैन । उनीहरुलाई मैलो झु’ठ बोले जस्तो लाग्छ । मानिसहरु मेरो बारेमा विभिन्न किसिमको कुराहरु गर्छन् तर म ती कुराहरुमा ध्यान दिन्न ।

मेरा साथी एकदम राम्रा छन् तर उनीहरु म एसेक्सुअल भएको कुरालाई न त बुझ्छन् न त स्वीकार नै गर्छन् । उनीहरु मेरो लागि चिन्तित छन् ।’ समाजमा एउटा वर्ग यस्तो छ जसलाई समलिंगी, ट्रान्स अथवा अलैंगिक सम्बन्धलाई मान्यता प्राप्त भयो भने परिवारको ढाँचा बिग्रन्छ भन्ने लाग्छ । यस बिषयमा सन्ध्या भन्छिन्-‘एकदम साधारण भाषामा सम्झाउने कोशिश गर्छु ।कुनै पनि बगैंचामा एकै प्रकारको फुलहरु हुँदैनन् । विभिन्न फुलहरु हुने भएकाले बगैंचा राम्रो देखिन्छ । त्यस्तै भिन्दा-भिन्दै मानिसहरुको कारणले नै हाम्रो सृष्टि पनि सुन्दर छ ।’ सन्ध्या भन्छिन्-‘संसारको जनसंख्या यति धेरै छ, यदि कुनै मानिसले विवाह नगर्दैमा र बच्चा नजन्माउँदैमा केही बिग्रँदैन ।’