Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

हाम्रो शरीरमा अनेकथरी परिवर्तनहरू आइरहेका हुन्छन् । कतिपय अवसरमा यी ससाना परिवर्तन कुनै ठूलो रोगका लक्षण पनि हुनसक्छन् । यिनलाई सही समयमा चिनियो भने ठूलो रोगलाई पहिल्यै नियन्त्रण गर्न सकिन्छ ।छालामा सेतो वा पहेंलो दागयस्तो दाग देखियो भने शरीरमा कोलेस्ट्रोल बढेको संकेत हो । यसबाट मुटुरोगको जोखिम बढ्छ ।

नङ कालो हुनुहात र गोडाको नङ कालो हुनु क्यान्सरको लक्षण हुनसक्छ ।छाला चिलाउनुछाला लामो समयसम्म चिलाएमा थाइरोइड वा मधुमेहको संकेत हुन सक्छ ।आँखीभौं पातलो हुनुअचानक आँखीभौं पातलो भएमा थाइराइडको सम्भावना हुन सक्छ ।काखीमुनि कालोअचानक काखीमुनिको भाग कालो देखि थाल्यो भने पनि थाइराड वा मधुमेहको शंका गर्नुपर्छ ।