Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

भाग्य या जे सुकै भएतापनि हाम्राे जिवनकाे सफलता हाम्राे अाफ्नाे साेचमा निर्भर रहन्छ । त्यसैले त अफ्ठ्याराे परिस्थितिले गर्दा केही हराएर जान्छन् भने केही अझ बलियाे भएर निस्कन्छन् र अाफ्नाे नाम इतिहासमा लेखाउँछन् ।

कसरी अाफैसँग कुरा गरेर अफ्ठ्याराे परिस्थितिमा पनि अगाडी बढ्न सकिन्छ ? हतास या निराश हुनुभइकाे छ भने अाफ्ना राम्रा पक्षहरू, अाफुले अहिले सम्म पाएका उपलब्धीहरू कागजमा लेख्नुहाेस् । त्यसपछी ती कुराहरूलाइ बारम्बार दाेहेरीर्याएर पढ्नुहाेस् । अावाज निकालेर पढ्नुहाेस् । एनाकाे अगाडी उभिएर पढ्नुहाेस् ।तपाइकाे काममा सहयाेग गर्न सक्ने या तपाइलाइ साथ दिन सक्ने, तपाइकाे बारेमा राम्राे साेच्ने व्याक्तिहरू काे-काे छन् ।

ती सबैकाे नाम कागजमा लेख्नुहाेस् । उनिहरूलाइ सम्झिनुहाेस् । उनिहरूले तपाइलाइ दिएकाे साथ, उनिहरूले तपाइलाइ भनेका कुराहरू सम्झिनुहाेस् ।कसैसँग भेट्दा ‘ठिक छ’ भन्ने ठाउँमा ‘राम्राे छ’, ‘राम्राे छु’ भन्रे बानि गर्नुहाेस् । अरूलाइ हेरेर मनमा ‘उसले राम्राे गरिरहेकाे छ, म दुखी छु’ भन्रे नल्याउनुहाेस् ।

मनमा ‘मैले गर्दैछु, एकदिन राम्राे हुनेछ, जे हुँदैछ राम्राेकाे लागी हुँदैछ’ भन्ने कुरा ल्याउनुहाेस् । अाफुभित्र अाशाकाे दियाे बाल्नुहाेस् ।अाफुलाइ मन परेका प्रेरक भनाइहरू लेख्नुहाेस् र अाफु सुत्ने ठाउँमा, काम गर्ने ठाउँमा राख्नुहाेस् । यस्ताे ठाउँमा राख्नुहाेस्, जहाँ तपाइकाे अाखाँ बारम्बार जान्छ ।

तब तपाइले ती भनाइ पढ्नुहुन्छ र त्यसले उत्प्रेरणा जाग्छ ।’मलाइ मात्र सधै किन यस्ताे’ नभन्रुहाेस् । ‘मलाइ बलियाे बनाउनकाे लागी, मलाइ केही दिनकाे लागी यस्ताे भएकाे हाे’ भन्नुहाेस् । साच्नुहाेस् कि, त्याे भन्दा अझँ राम्राे हुनकाे लागी यस्ताे भएकाे हाे । र, मनमा राख्नुहाेस् कि हरेक व्यक्ति अाफ्नाे जिवनकाे परिस्थितिहरूसँग लडिरहेकाे एका याेद्दा हाे ।

थप जानकारीः
कुनैपनि काममा कसरी सफलता प्राप्त हुन्छ ? हामी दिनभर जे गर्छौ, जति गर्छौ, जसरी गर्छौ, त्यसको लक्ष्य के होला ? हामी के गरिरहेका छौं ? किन गरिरहेका छौं ? कसरी गरिरहेका छौं ? कसका लागि गरिरहेका छौं ?वास्तवमा हामी त्यही काम गरिरहेका छौं, जो हाम्रो जीवनको आवश्यक्ता हो । हामी त्यसरी नै गरिरहेका छौं, जस्तो हाम्रो ढंग पुग्छ ।

बिहान उठेदेखि हामी कुनै न कुनै कर्ममा लाग्छौं । कोही खेतीपातीमा लाग्छन्, कोही जागिरमा लाग्छन् । कोही पठनपाठनमा लाग्छन्, कोही करियरको खोजीमा लाग्छन् । यी सबै गर्नुको पछाडिको एउटै मनोकांक्षा हुन्छ, हामी जे गरिरहेका छौं, त्यसमा सफल भइयोस् ।

सफलताको सूत्र सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ ।खप्तड स्वामीले सफलताको सूत्र यसरी बताएका थिए, ‘आत्माविश्वास, लगनसिलता र निरन्तर प्रयास ।’ सफलताको लागि लक्ष्य पहिलो कुरा हो । कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि लक्ष्य बनाउनुपर्छ ।

उक्त लक्ष्य प्राप्तिका लागि सार्थक प्रयास आवश्यक हुन्छ ।हामी सफलताका लागि मरिमेट्छौं । अथाह श्रम गर्छौ । तर, लक्ष्य प्राप्त भएको हुँदैन । किनभने कहिले काहिँ हामी निरर्थक प्रयास पनि गरिरहेका हुन्छौं । लक्षित सफलता हासिल गर्नका लागि सार्थक प्रयास आवश्यक हुन्छ ।कुनैपनि काममा सोचेजस्तो सहजै सफलता प्राप्त नहुन सक्छ । त्यस्तो अवस्थामा विचलित हुने होइन ।

बरु निरन्तर ढटिरहनुपर्छ । निरन्तरको प्रयासले जो कोहि, सफलता प्राप्त गर्न सक्छन् ।श्रमको कुनै विकल्प छैन ।श्रमविना सफलताको कल्पना गर्नु बेकार छ ।बलिउड अभिनेताले भन्ने गरेका छन्, ‘श्रम नै हरेक समस्याको समाधान हो ।’ श्रम गर्नुपर्छ। श्रमले हामीलाई बाँच्न सिकाउँछ ।यसका साथै सफलता प्रप्त गर्नका लागि केहि प्रचलित सूत्र छन् ।

जस्तो कि, त्यही काम गरौं, जसमा आफ्नो रुची र स्नेह हुन्छ । यस्तो काममा हामीले सफलता प्राप्त गर्छौं ।हामीले आफ्नो साथी-सर्कल बनाउने कुरामा पनि ख्याल गर्नुपर्छ । राम्रा, सकारात्मक र उत्प्रेरणा जगाइरहने साथीहरुको संगतले हामीलाई थाक्न दिदैन । गल्न दिदैन । निरन्तर अगाडि बढ्ने उर्जा दिन्छ ।