Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

मानिसको सुताइ फरक फरक हुने गर्दछन् । कोही लामो समयसम्म् सुत्छन् भने त कोही छोटो समय । खासमा सुताइ ६ देखि ८ घण्टासम्म्को राम्रो मानिन्छ । यदि तपाई कम सुत्नुहुन्छ भने निम्न रोगको खतरा हुनसक्छ ।

मधुमेह
रातमा आवश्यकताअनुसार ननिदाउने व्यक्तिलाई बिहान गुलिया र ‘जंकफुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।

क्यान्सर
राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्त्व शरीरबाट बाहिर निस्कन सक्दैन । शरीरमा त्यस्ता तत्त्व जमेर रहँदा अन्य रोग पनि लाग्न सक्छन् ।

हृदयाघात
बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसाबमार्फत बाहिरिन्छन् । त्यस्तै, राति पूरा नसुत्दा ‘ब्लडप्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।

अलजाइमर
भरपुर सुत्दा दिमाग पुनर्जीवित र ताजा हुन्छ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएमा बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या जन्माउँछ ।