एजेन्सी आइतबार, आषाढ ०७, २०७७

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गएको आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधन भएपछि सुशान्तकी दिदी श्वेता सिंह किर्ति अमेरिकाबाट भारत आइपुगेकी थिइन् ।

भाई सुशान्तको निधनले दुखी भएकी श्वेताले एक अप्रत्याशित निर्णय लिएकी छिन् । उनले आफ्ना सबै सामाजिक सञ्जालका खाताहरु डिलिट गरेकी छिन् । भारतिय मिडियाका अनुसार उनले सुशान्तको यादका पोस्टहरु हटाएकी हुन् ।

सुशान्तको यादका केही पोस्टहरु उनले शेयर गरेकी थिइन् । अहिले फेसबुक र इन्स्टाग्राममा उनका खाता डिलिट भएका छन् मतलब अब उनलाई सोसल मिडियामा सर्च गरेर खोज्दा भेटिने छैन । उनले शुसान्तलाई सम्झिदै लेखेको भावुक स्टाटस पनि हटाएकी छिन् । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी १७ जूनमा भारत आइपुगेकी थिइन् ।

त्यस्तै सुशान्‍त सिहं राजपुतको निधनपछि भारतमा ५ जनाले सुशान्तले जस्तै निर्णय गरेका छन् । जसका कारण अहिले सम्म ५ जनाको ज्यान गएको छ । उनको निधन पछि सुशान्तका ५ फ्यानको पनि ज्यान गएको छ । ३४ वर्षको उमेरमा निधन भएका सुशान्त धेरैले मन पराएका कलाकार थिए । सानो पर्दावाट फिल्म क्षेत्रमा प्रवेश गरेका सुशान्तलाई माया गर्नेहरु सानो पर्दा देखि नै कम थिएन ।

उनका फ्यानको यस्तो कदम देखेर सर्वसाधारण पनि अचम्म परेका छन् । उनको निधनको खबरले दुखी भएका फ्यानले पनि झुण्डिएर ज्यान गुमाएका छन् । पछिल्लो दिन उत्तर प्रदेशमा एक ११ वर्षीय बालकले पनि यस्तै निर्णय गरे । उनले सुशान्तका नाममा आमाको सारीको सलको पा’सो लगाएका छन् । जसका कारण ११ वर्षका बालकको निधन भएको छ ।

सुशान्तको निधन पछि उदास बनेका उत्तर प्रदेशको हापुड जिल्लाका ११ वर्षका बालकले यस्तो निर्णय गरेका हुन् । उनले आमाको सारीको प्रयोग गरेर ज्यान गुमाए । परिवारजनका अनुसार ती बालक सुशान्तका ठूलो फ्यान थिए। उनको निधनवाट निकै दु खी भएका थिए।

यसअघि विशाखापट्टनम र अंडमानमा पनि दुई जना महिलाको ज्ज्यान गएको छ । उनीहरुले पनि त्यसै गरी ज्यान गुमाएका हुन् । त्यसरी ज्यान गुमाउनेमा विशाखापट्टनमकी २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरी रहेका छन् । त्यसैगरी उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एकरएक जनाले ज्यान दिएका छन् ।

बरेलीमा एक विद्यार्थीले ‘जब सुशान्त सिंह राजपूतले यस्तो निर्णय गर्न सक्छन् भने मैले पनि गर्न सक्छु’ भन्दै ज्यान दिएका थिए । त्यसैगरी पटनामा १७ वर्षीया किशोरीले सुशान्तको निधन पछि त्यस्तै निर्णय गरिन् । उनी कक्षा १० मा पढ्दै गरेकी किशोरी थिइन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जुनमा मुम्बईको बांद्रास्थित अफ्नो घरमा निधन भएको हो । उनी पछिल्लो केही समययता डिप्रेशनमा रहेको बताइएको छ । उनको निधनलाई लिएर बलिउडमा परिवारवादलाई कारण बनाइएको छ । त्यसैले फिल्म क्षेत्रको परिवारवाट आएका कलाकारहरुलाई वहिष्कार अभियान सुरु भएको छ ।

प्रहरीले यो घटनामा १६ जनाको बयान लिएको छ। उनको निधन पछि नायीका कंगना रनावतले बलिउड भित्र रहेको परिवारवादका कारण अन्य कलाकारले अवसर नपाउने गरेको बताएकी छन् ।

सुशान्तलाई परिवारवादलाई प्रश्रय दिनेहरुले वहिष्कार अभियान चलाएका कारण उनले यस्तो निर्णय लिएको भन्दै कंगनाले विरोध सुरु गरेकी हुन् । उनको यस्तो अभिब्यक्ति पछि बलिउडमा परिवारवादको विरोध जारी छ । फिल्मी परिवारवाट आएका कलाकार विरुद्ध सामाजिक सञ्जालमा वहिष्कार अभियान सुरु भएको छ ।