Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

काठमाडौं। देशमा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकार देशव्यापी लकडाउन कडाइ गर्ने अन्तिम तयारीमा जुटेको छ। नेपालमा लकडाउन खुकुलो भएसँगै भिडभाड बढेको तथा आवागमनका कारण संक्रमितको संख्या बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राखेपछि लकडाउनलाई कडाइ गर्ने सरकारले तयारी थालेको हो।

लकडाउन केहि खुकुलो भएसँगै नागरिकले सतर्कता अपनाउनुको सट्टा झन् जो’खिम पै’दा गरेको तथा लकडाउन खुकुलो भएको मौकालाई सरकारको विरोधमा आन्दोलन गर्ने अवसरको रूपमा वि’रोधमा उपयोग गरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन् । कोरोना जोखिम न्यूनीकरणको पूर्व तयारी बिना नै लकडाउन खुकुलो पारिएको भन्दै नेपाली सेनाले समेत असन्तुष्टि जनाइसकेको छ।

स्वास्थ मन्त्रालय निकट स्रोतका अनुसार असार मसान्तसम्म लकडाउनलाई कडाइ नगर्न अर्थ मन्त्रालय सहित निजि क्षेत्रले दबाब दिइरहेको छ। असार मसान्तसम्म समय दिएर आर्थिक कारोबार बढाउनुपर्ने आर्थिक क्षेत्र सम्बद्धको माग छ भने स्वास्थ क्षेत्रका जानकारहरुले आर्थिक समृद्धि भन्दा जनताको जिवनरक्षा ठूलो भएको भन्दै लकडाउन कडाइ गर्न सुझाएका छन्।

असार महिना आर्थिक वर्षको अन्तिम महिना भएकोले सरकार तथा निजि क्षेत्रलाई हिसाब मिलान गर्न गर्न असार १ बाट लकडाउन खुकुलो गर्ने सरकारको रणनीति भएपनि चर्को नागरिक अवज्ञा पश्चात् २५ जेठबाटै लकडाउन खुकुलो गर्न बाध्य बनेको थियो । हाल पर्याप्त राजश्व संकलन हुन नसकेको भन्दै लकडाउनमा कडाइ नगर्न अर्थमन्त्री डा. युवराज खतिवडाले नै दबाब दिई रहेको स्रोतले दाबी गरेको छ।

अर्कोतर्फ वर्षभरि भएका कामका भुक्तानी दिने र त्यसबापतको कमिसन समेत लिने समय हुँदा उच्च राजनैतिक तथा प्रशासनिक नेतृत्वले समेत लकडाउन खुकुलो पार्न भूमिका खेलेको चर्चा छ । तर, संक्रमितको संख्या ९ हजार नाघ्दा समेत लकडाउनलाई खुकुलो नै राखेको भन्दै स्वास्थ सम्बद्ध अधिकारी र नेपाली सेनाले सरकार समक्ष सिसीएमसी मार्फत असन्तुष्टि जाहेर गरिसकेका छन्।

प्रधानमन्त्रीका निकट सहयोगि मानिएका अर्थमन्त्री खतिवडाले असार मसान्तसम्म अर्थतन्त्रले एउटा मार्ग समात्ने भएकोले आगामी साउन १ बाट मात्रै लकडाउनमा कडाइ गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ।

एकजना कोरोना सं’क्रमित हुँदा लकडाउन गरेको सरकारले संक्रमितको संख्या ९ हजार नाघ्दा समेत लकडाउन खुकुलो गरेर उल्टो बाटोमा लागेको भन्दै आलो’चना हुन थालेपछि लकडाउन कडाइ गर्ने सम्बन्धमा प्रधानमन्त्रीले नै चासो राखेको र अबको मन्त्रीपरिषद बैठकले लकडाउनको बिषयमा ठोस निर्णय गर्ने स्रोतले जनाएको छ।

अबको लकडाउन विगतको भन्दा कडाइ गर्ने र लकडाउनको उल्लंघन गरे कर्फ्यु समेत लगाउने गरी निर्णय हुनसक्ने स्रोतले दाबी गरेको छ। भदौसम्म नेपालमा कोरोना संक्रमणलाई १० हजारमा सिमित राख्ने सरकारको आन्तरिक तयारीका बाबजुद कोरोनाको संक्रमण समुदाय स्तरसम्म फैलिएपछि सरकार के गर्ने भन्ने अप्ठ्यारो अवस्थामा पुगेको छ।