Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

बलिउडमा नाताबाद हाबी भएर बाहिरबाट आएकाले मौका पाएन्न भनेर बहस शुरु भएको धेरै भयो तर निचोडमा पुग्न भने सकेको छैन ।

कंगना रनावत बाहिरबाट आएकाहरुलाई पनि सम्मानका साथ मौका दिनुपर्छ नातावाद भन्दा पनि ट्यालेन्ट हेर्नुपर्नेमा बहस गर्दै आएकी छिन् । सबैलाई काबुमा राखेको भन्दै कंगनाले बलिउडमा समर्थन पाउने गरेकी छिन् ।

उनले नेपोटियमलाई खेदो खन्छिन् भने मिडियाले पनि उनको गाली खाइरहन्छन् । सुशान्तले नाताबादबाट दिक्क भएर प्राण त्यागेको कंगनाको बुझाई छ ।

सुशान्त र कंगनापछि फिल्मी परिवार भन्दा बाहिरबाट आएका अभिनेता हुन् आयुषमान खुराना । साना साना बजेटका फिल्म उनको हातमा परेपनि सबैले बक्सअपिसमा धुम नै मच्चाएका छन् ।

आयुषमान रेडियोमा काम गर्थे पछि उनलाई अभिनयमा रुचि भयो र यो क्षेत्रमा आउन चाहे । आयुष्मान खुरानाले लेखेको भनेको पुस्तक “क्य्राकिङ द कोड” को एक भाग “मेरो बलिउड यात्रा” मा रहेको एउटा शव्द भाइरल भइरहेको छ ।

उक्त्त पुस्तकमा उनले करणको बारेमा लेखेका छन् । “करण जोहर स्टारहरुसँग मात्र काम गर्न रुचाउँछन् । मैले उनलाई काम दिन भनेर बारम्बार बिन्ती गरे । तर उनले अ ह हो भन्दै टारेको टारै गरे”