Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

काठमाडौं – चर्चित नायिका निरिषा बस्नेतले अझै आफु कोरोनाभाइरसबाट मुक्त नभएको बताएकी छिन् । केही समयअघि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनी मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् । दुई हप्ताको उपचारपछि उनी उनी शनिवार अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

तर अस्पतालबाट डिस्चार्ज भएपनि रिपोर्ट अझै पोजेटिभ रहेको उनले बताएकी छिन् । उनलाई दुई हप्ताअघि छातीमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण गराउँदा कोरोना देखिएको थियो । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो कोरोना रिपोर्ट अझै पोजेटिभ रहेको बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईंहरुको शुभकामनाका लागि धन्यवाद । मलाई क्वारेन्टाइन सुविधाबाट डिस्चार्ज गरिएको छ, किनकि म स्वास्थ छु । यद्यपि, मेरो रिपोर्ट अझै सकारात्मक छ । तर, मेरो पहिलो चरणका लक्षणहरु विस्तारै हराउँदै जाँदैछन् र म लाक्षणिकबाट एसिम्प्टोमेटिकमा परिवर्तन हुँदैछु । यो भाइरसबाट पूर्ण रूपले बाहिरिन ४/१२ हप्ता लाग्छ र म तेस्रो हप्तामा छु ।