Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

बलिउड नायक सुशान्त राजपुतको आ-त्मह-त्या दुरु-त्साहनमा कलाकार रिया चक्रवर्तीमाथि मु-द्दा दायर भएको छ । रिया सुशान्तसँग प्रेम सम्बन्धमा थिइन् भनिएको छ ।

विहार अदालतमा मुजफ्फरपुरका कुन्दन कुमारले दायर गरिएको रिटमा रियामाथि का-रबाहीको माग गरिएको छ । कुमारले रियामाथि सुशान्तलाई आर्थिक र मानसिक शो-षण गरेको आ-रोप लगाएका छन् । यसमाथि २४ जुलाईमा सुनुवाई हुने तय भएको छ ।

यो रियाविरुद्ध परेको दोस्रो रिट हो । यसअघि उनीसहित नायक सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जयलीला भन्साली र एकता कपुरविरुद्ध दुरुत्साहनको रिट दायर भएको थियो ।