काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार, अदुवा लगायत नेपाली जडिबुटीको महत्वका बारेमा आफुले बोल्दा मजाक उडाइएको भन्दै गुनासो गरेका छन् । उनले त्यसवारे बुझेर मात्र आफ्नो आलोचना गर्न आग्ह गरेका छन् ।
विहिवारको राष्ट्रिय सभामा मन्तब्य राख्ने क्रममा प्रधानमन्त्री ओलीले बेसार र नेपाली जडिवुटीको महत्वका बारेमा बताउँदै यिनीहरुकै कारण नेपालीको राग प्रतिरोधात्मक क्षमता बढी भएको दावी गरेका थिए । उनको यो भनाईको सामाजिक सञ्जालमा टिप्पणी भएको छ सडकमा पनि बेसार दलेर प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री ओलीले नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखिको उपयोग र अनुभवमा आधारित रहेको बताएका छन्। आइतवार प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा राष्ट्रिय योग अभ्यासक्रमको बालुवाटारस्थित एक्सन रूमबाट विमोचन गर्ने क्रममा सो धारणा व्यक्त गरेका हुन्।
आफ्नो भान्छामा केके चिज प्रयोग हुन्छन् ? ती किन प्रयोग गरिन्छ ? वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिनुपर्ने समेत उहँले औल्याउनुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
प्रधानमन्त्री ओलीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिदै हिमवत् खण्ड आयुर्वेद र योगको उदगम र विकास स्थल रहेको समेत बताएको थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओली नेपाल योगको जननी भएको बताएका छन् । ‘व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ’ उनले भने, ‘मानव जातिको सर्वोपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ । मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।’