Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

काठमाडौं, ७ असार । आज २१ जुन वर्षकै लामो दिन हो । सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल उत्तरी गो,ला,र्द्ध,मा पर्छ ।सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले उत्तरी गोलार्द्धमा २१ जुनमा दिन लामो हुन्छ ।

शास्त्रको अनुसार नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समयअनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।सामान्यतया जुन २१ मै लामो दिन पर्नेभए पनि अन्तराष्ट्रिय समयअनुसार जुन २०, २१ या २२ मध्ये कुनै एक दिन लामो दिन पर्ने सम्भावना हुन्छ ।

यो पनि कैलालीको त्रिनगर नाकाबाट भित्रिए ८३ हजार नेपाली

कैलाली, ०७ असार । कैलालीको त्रिनगर भन्सार सिमानाका भई भित्रिने नेपालीको उद्धार कार्य अहिले पनि जारी छ। कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन।

उक्त नाकाबाट हालसम्म ८३ हजार २० जना नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनले जेठ ११ देखि २६ सम्म सिमा नाका हुँदै भित्रिने नेपालीको संख्या भए पनि अहिले भने भित्रिनेकोघट्दो क्रममा रहेको बताए। ‘शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो संख्या अहिले ह्वात्तै घटेको छ,’ सूचना अधिकारी जोशीले भने, ‘आजभोलि दिनमा चार÷पाँच सयसम्म नेपाली भित्रिने गरेका छन्।’

आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उनको अनुमान छ। रासस