Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

जङ्गबहादुरले कोतपर्व मच्चाएर हिंसाबाट सत्ता कब्जा गरेको इतिहासमा उल्लेख गरिएको छ । तर, उनले सुधारका धेरै काम गरेका थिए । सती प्रथा उन्मुलनमा उनले शुरुवाती भुमिका निभाएका थिए । मुलुकी ऐन ल्याउने उनै थिए ।

आज जङ्गबहादुर राणाको जन्मदिन । वि.सं. १८६७ मा जङ्गबहादुर राणाको जन्म भएको थियो । बाल्यकालमा उनको नाम विरनरसिंह कुँवर थियो । गोर्खाको बोर्लाङमा जन्मिएका उनी राणा शासनका शुरुवातकर्ता थिए ।

जङ्गबहादुर कुशल कुटनीतिज्ञ थिए । उनी बेलायत पुग्ने पहिलो एशियाली शासक थिए । बेलायत, फ्रान्स र इजिप्टको भ्रमण गरी फर्किएका थिए । त्यसपछि देशमा धेरै सुधार कार्यहरु गरे ।

उनले लखनऊको सिपाही विद्रोह दबाएर भारतमा त्यतिबेला शासन गरिरहेको बेलायती शासकलाई सघाएवापत बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका अलावा तराईका केही भु-भाग फिर्ता लिन सकेका थिए । जङ्गबहादुर राणापछि नेपालका कुनैपनि शासकले नेपालको भुमि विस्तार गर्न सकेको छैन ।