Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

एजेन्सी । धेरै मेहेनत गरेर आज बलिवुडमा सबै भन्दा धेरै नाम र दाम कमाउने मध्यका अभिनेता हुन अक्षय कुमार । यसै बीच अक्षयले एउटा रोचक कुराको खुलासा गरेका छन् । आज भन्दा ३२ वर्ष अघि बलिवुड प्रवेश गर्नका लागी स्ट्रगल गर्दै गर्दा उनले मुम्बईको जुहू बीचमा फोटो सुट गर्न गएका थिए।

जुहू बीचको किनारामा रहेको एक घरको दिलमा बसेर पोज दिदै गर्दा सेक्युरिटी गार्डले उनलाई बाँकी फोटो खिच्न नदि लखेटेको थियो । तर अहिले अक्षय कुमार त्यहि घर खरिद गरेर बसेका छन । उनले ३२ वर्ष पुरानो फोटो देखाउदै यो रोचक कुराको खुलासा गरेका हुन् ।

अक्षयले ३२ वर्ष अगाडी फोटो खिच्दाको घर भत्काएर नया घर बनेपछी उनले त्यहि घर किनेका हुन् । तर यो उनको योजना भने नभएको उनले बताए ।